चैत १० गतेदेखि गैँडा गणना गरिने



चितवन । चैत १० गतेदेखि यस वर्षको गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ ।

यसका लागि चैत ७ र ८ गते सौराहामा तालीम आयोजना हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । तालीममा निकुञ्जका कर्मचारी, हात्तीसार, राष्ट्रिय प्रकृति संरक्षण कोषका १०० को सहभागिता रहने उनले बताए ।
संरक्षण अधिकृत उप्रेतीका अनुसार चितवनसँगै पर्सा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । गैँडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ ।

गैँडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनाभित्रै गैँडा गणना गर्नु राम्रो मानिन्छ । नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६४५ गैँडा थिए । चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको वासस्थान छ ।

पछिल्लो गैँडा गणनाको दोस्रो वर्ष सन् २०१६ र सन् २०१७ मा बर्दिया र शुक्लाफाँटामा यहाँका गैँडा स्थानान्तरण गरिएको थियो । यसले पनि गैँडाको सङ्ख्या वृद्धि हुनसक्ने अनुमान गरिएको छ । सन् २०१५ को गणनापछि चोरी शिकारबाट मर्ने गैँडाको सङ्ख्या नगन्य छ । प्राकृतिक कारणले मर्नेको सङ्ख्या भने उकालो लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेलम्चीको पानी आइपुग्यो काठमाडौं(भिडियोसहित)

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किलोमिटर सुरुङबाट परीक्षण

राष्ट्रपतिबाट खातुनलाई बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र

संसदीय व्यवस्थालाई क्षति पुर्याउने काम कांग्रेसले गर्नुहुँदैनः वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको पहिलो प्राथमिकता संसदको

फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको क्षति

चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।