६ किलो सुनसहित मकवानपुरको रातमाटेबाट भारतीय पक्राउ



हेटौंडा । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार बिहान प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

सुन कूल छ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पार्टस् जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका बरामद गरिएको हो ।

बरामद गरिएको सुनको मूल्य करिब चार करोड २७ लाख, ५८ हजार ७७४ रुपैयाँ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास