गाँजा खेतीलाई बैधानिकता दिन माग गर्दै नेकपाका सांसदद्वारा संसदमा गैरसरकारी विधेयक दर्ता



काठमाडौँ । गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने गैरसरकारी विधेयक संसदमा दर्ता भएको छ । प्रतिनिधिसभा अन्तर्गतको विधेयक शाखामा सांसद शेरबहादुर तामाङले उक्त विधेयक दर्ता गराएका हुन् ।

विधेयक दर्ता गर्दै सांसद तामाङले यो कानुन पास भएपछि नेपालको अर्थतन्त्रमा ठूलो सहयोग गर्ने बताए । उनले अमेरिकाको क्यालिफोर्निया राज्यले २२ बिलियन डलरको योगदान गाँजाले गर्ने भन्दै नेपालमा यो कानुन बने ५०–६० खर्बको अर्थतन्त्र बनाउन समेत सकिने दाबी गरे ।

अहिले नयाँ दिल्लीमा गाँजाको मूल्य प्रतिकेजी ८ लाख रुपैयाँ भएको बताए । यही मार्च ७ मा संयुक्त राष्ट्रसंघमा गाँजालाई लागुऔषधबाट हटाएर औषधीजन्य वस्तुमा रुपान्तरण गर्न मतदान हुन गइरहेको भन्दै त्यसमा नेपालले पक्षमा मतदान गर्नुपर्ने बताए । तामाङले पेश गर्न लागेको उक्त विधेयक संविधान जारी भएपछिकै पहिले गैर सरकारी विधेयक हो ।

संसदमा सामान्यतयाः सरकारले नै विधेयकहरु ल्याउने प्रावधान भएपनि सांसदहरुलाई सोझै विधेयक ल्याउने अधिकार पनि हुन्छ । सोही अधिकारलाई प्रयोग गर्दै गाँजा खेतीको नियमन र व्यवस्थापन गर्न बनेको विधेयक ल्याएका हुन् ।

अहिले नेपालमा गाँजाको खेती तथा कारोबार प्रतिबन्धित छ । नेपालमा प्रतिबन्धित गाँजा अन्य विभिन्न देशहरुमा भने कानूनी रुपमा खरिदबिक्री हुन्छ । गाँजामा ४०० भन्दा बढी तत्व पाइन्छन् जुन क्यान्सर लगायतका विभिन्न रोगहरुको उपचारमा समेत प्रयोग हुन्छ । त्यही कारण यसलाई खुला गर्न र त्यसको नियमन र व्यवस्थापन गर्न यस्तो विधेयक ल्याउनुपरेको सांसद तामाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत, सरकारी र निजी गरी एक सय ४८ वटा राखिने

  काठमाडौँ ।  लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने,

नेपालमा सहयोगका थप क्षेत्रहरु पहिचानका लागि यो भ्रमण उपलब्धीमूलक हुने कतारी अमिरको विश्वास

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने,