आस्था राउतको ‘सत्य वचन’ !



गायिका आस्था राउत गत महिना झापा हुँदै भारतको दार्जिलिङ जाने क्रममा थिइन् । जहाज ढिलो हुने भएपछि उनी विमानस्थलभित्रकै क्याफेमा कफी खान लागिन् । कफी खाँदै गर्दा जहाज उड्ने बेला भयो भनेर एयरलाइन्सका कर्मचारीले बोलाए । उनी हतार हतार कफी हातमै लिएर अन्तिम सुरक्षा जाँचमा पुगिन् तर त्यहाँ महिला प्रहरी जवानले कफी लैजान नपाइने भनिन् । त्यसक्रममा महिला प्रहरी जवान र राउतबीच भनाभन हुन्छ र राउले बोकेको कफी टेबुलमा पोखिन्छ । सिसीटिभी फुटेजमा बोलेको त सुनिँदैन तर उनीहरुबीच विवाद भएको देखिन्छ । त्यसपछि आस्था झापा हुँदै दार्जिलिङतर्फ लाग्छिन् ।

त्यसपछि उनले सामाजिक संजाल फेसबुकमार्फत महिला प्रहरीले आफूलाई दुव्र्यवहार गरेको भन्दै प्रहरी संगठनमाथि आक्रोश पोख्छिन् । उनले प्रहरी संगठनले सर्वसाधारणलाई गर्ने व्यवहारले बदनामी गराएको भन्दै सुधार हुनुपर्ने भन्दै आक्रोश पोख्छिन् ।

आस्थाको आक्रोशपूर्ण अभिव्यक्तिपछि पक्ष र विपक्षमा ठूलो बहस चल्यो । केहीले आस्थाले सही बोलिन भने केहीले उनलाई कारबाही हुनुपर्छ भने । अनि प्रहरीले ती महिला प्रहरीलाई उजुरी हाल्न लगायो र उनीविरुद्द जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अभद्र व्यवहारको मुद्दा दर्ता भयो । त्यसको केही समयपछि आस्था नेपाल आइन् र प्रहरीकोमा आफैं उपस्थित भइन् ।

त्यसपछि उनलाई चार दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दियो जिल्ला प्रशासन कार्यालयले । तर सबैको दवावपछि उनी दुई दिनमै धरौटीमा रिहा भइन् । बास्तवमा आस्थाले ठूलै अपराध गरेजस्तो गरी प्रहरी संगठनले यो मुद्दा उचाल्यो । प्रहरीले आफूलाई सुधार गर्नुपर्छ भन्ने हेक्का नै राखेन यो घटनामा यसरी नै दम्भ देखाइयो । बास्तवमा आस्थाले महिलासँग विवाद भएपनि उनले सिंगो संगठनमाथि नै प्रश्न उठाएकी थिइन् । बिहीबार ललितपुरको भैंसेपाटीमा एउटा घटना घट्यो । काखमा बच्चा बोकेकी महिलालाई प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले यसरी लाठी हाने कि त्यो अमानवीय थियो ।

नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई लाठी प्रहार गरेका थिए । एकजना महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

खासमा माला साह नाम गरेकी महिला हेमा लगायतलाई लिएर खत्रीको घर गएका रहेछन् । मालाले खत्री आफ्नो श्रीमान भएको र दुई दशकदेखि सँगै बसेको र अहिले बेवास्ता गरेकाले नाता कायम गर्न दवाव दिन गएकी रहिछन् । तर प्रहरीले खत्रीको पक्ष लिई निर्घात कुटपिट गरेको रहेछ । यो घटनाबाट के पुष्टि हुन्छ भने गायिका आस्था राउतले बालेको कुरा सत्य वचन नै रहेछ । प्रहरी संगठन सुध्रिनै पर्छ ।
प्रहरी संगठनमाथि औंला ठडिने केही प्रतिनिधि घटना

घटना १. २०७५ साउनमा भक्तपुरमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भयो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले अपहरणकारी खोज्न थाल्यो र मुठभेडमा गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भनियो । खासमा उनीहरुलाई प्रहरीले डेराबाट लगेर जंगलमा लगेर हत्या गरेको खुल्यो । गृहमन्त्री राबहादुर थापाले पनि प्रहरीको बचाउ गरे । राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रहरीको कमजोरी भएको भन्दै कारबाहीका लागि निर्देशन दियो तर केही भएन । पक्राउ गरेर कसैको हत्या गर्न पाइँदैन ।
घटना २. निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पनि प्रहरीको छबि बिग्रिएको छ । जसका कारण कति प्रहरीको जागिर गयो, कति निलम्बनमा छन् । व्यक्तिपिच्छे अनुसन्धान समिति बनाउने र एउटाले बनाएको अनुसन्धानमाथि विश्वास नलागेर अर्को समिति बनाउने अनि एउटा अनुसन्धानको प्रतिवेदन खारेज गर्ने अनेक प्रपञ्च भए र भइरहेका छन् ।

घटना ३. इन्काउन्टरको बहानामा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलका हत्या प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्षसहतिको प्रतिवदेन राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गर्यो । हत्या आरोपी प्रहरी निरीक्षक कृष्णदेव (केडी) साह तथा हवल्दारद्वय श्रीविनोद साह र सत्यनारायण मिश्रमाथि मुद्दा चलाउन निर्देशन दियो तर त्यो कार्यान्वयन भएको छैन । पौडेलको परिवारले किटानी जाहेरी दिन खोज्यो तर प्रहरीले जाहेरीसमेत लिएको छैन ।

घटना ४. ३८ क्वीन्टर सुन तस्करी प्रकरणमा पनि प्रहरीका बहालवाला पूर्वगरी ठूलो संख्यामा प्रहरीसँग मिलेको सार्वजनिक भयो । केही जेलमै छन् भने केही धरौटीमा छुटेर मुद्दा झेलिरहेका छन् ।
घटना ५. गुण्डा नाइके चरी, कुमार घैंटेहरुको मृत्यु घटनामाथि पनि प्रहरीमाथि प्रश्न उठेकै हो । उनीहरुलाई पनि इन्काउन्टरको बहानामा नियन्त्रणमा लिएर हत्या गरेको बताइन्छ । उनीहरु गुण्डा भएकाले प्रहरीले ठिकै गर्यो भन्नेहरु बढी देखिए । गुण्डा हुन् वा जोसुकै नेपालको संविधानले नियन्त्रणमा लिएर हत्या गर्न पाइँदैन भनेको छ । यी त भए प्रतिनिधि घटना । मुद्दा मिलाइदिन्छु, घुस नदिए मुद्दामा फसाइदिन्छु भनेर घुस लिने प्रहरी जवानदेखि अधिकृतसम्म अख्तियारको फन्दामा परिरहेका कयौं घटना सार्वजनिक भएका छन् । पात्र फेरिन्छन् हिजो सर्वेन्द्र खनाल थिए संगठन प्रमुख आज ठाकुरप्रसाद ज्ञवाली छन् तर प्रवृत्ति फेरिएन । प्रवृत्ति फेरिन आक्रोशपूर्ण अभिव्यक्ति भएपनि आस्था राउतको त्यो अभिव्यक्ति सुन्नैपर्ने छ है प्रहरी संगठनले जुन कुरा बिहीबार हेमा श्रेष्ठमाथि भएको व्यवहारले नै देखाउँछ । जुन घटनाले प्रहरी संगठनलाई कुरीकुरी भनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

‘काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन’

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप