स्ववियू निर्वाचन स्थगित



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ ।
त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए।

मिति घोषणा गरेपनि त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन्वि । विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको थियो। प्रमुख प्रतिपक्षी कांग्रेस निकट नेपाल विद्यार्थी संघले केही समय मागेका कारण पनि १४ गते तोकिएको मिति स्थगित गरिएको विश्वविद्यालय स्रोतले जनाएको छ। चैत अन्तिमसम्ममा निर्वाचनको मिति घोषणा गर्न त्रिवीभित्र छलफल चलिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास