महराविरुद्धको मुद्दाको सोमबार फैसला आउने



काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार अन्तिम बहस सकिएको हो । बहस सकिएपछि फैसला लेख्न समय अपुग भएको भन्दै फैसला सोमबार सुनाइने भएको छ ।

जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ चलेको थियो। महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी,लभ मैनाली,दिनमणी पोखरेल,भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाल लगायतका वकिलहरुले बहस गरेका थिए।

संघीय संसद्को सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। गएको असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर महराले जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

उनी अहिले डिल्लीबजार कारागारमा थुनामा रहेका छन्। पीडित भनिएकी शाहीले बानेश्वरस्थित प्रहरी वृत्तमा जाहेरी दिएपछि उनलाई प्रहरीले असोज १९ गते सभामुख निवासबाट पक्राउ गरेको थियो। जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि जिल्लाकै आदेश सदर गरेको थियो।

जिल्ला अदालत समक्ष पीडितको हैसियतमा बकपत्र गर्ने क्रममा रोशनी शाहीले आफूविरुद्ध महराले जबरजस्ती करण प्रयास नगरेको दाबी गरेकी छिन्।

सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन्। बकपत्रका क्रममा उनले आफूमाथि यौन हिंसा नभएको बताएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सात कोरियाली आरोहीले जुगल हिमाल आरोहण गर्ने

  सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि

स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले