संसद्को गरिमा उच्च राख्न इमान्दारीताका साथ काम गर्छुः सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संस्था संसद्को गरिमा उच्च राख्न इमान्दारी र निष्ठाका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्तरर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएपछि समितिले आज बिहान उनको सम्मानमा बिदाइ तथा बधाईका निम्ति आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गरेका हुन् ।

उनले भने, “विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्नेछु, राष्ट्र र जनताको सर्वोपरी हितका खातिर काम गर्ने मेरो भगिरथ प्रयत्न रहनेछ ।” सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

समितिका सदस्यहरुले योग्यता र क्षमताका आधारमा मात्र नभई विपक्षी दलको समेत सहयोगमा सभामुखमा निर्विरोध निर्वाचित भएका समितिका सदस्यलाई संसद्को सर्वोच्च पदमा आसिन भएको देख्न पाउँदा आफूहरुलाई गौरवको अनुभूति भएको बताउँदै राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास