मिनिट्रक दुर्घटना हुँदा धादिङमा कम्तीमा ६ जनाको मृत्यु



धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह ज्यामिरेमा आइचर ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा ३२ भन्दा बढी घाइते भएका छन् ।

ढोला मण्डलीबाट धादिङबेंसीतर्फ आउँदै गरेको ग१ख ८०१२ नम्बरको ट्रक तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । घाइतेलाई स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । गम्भीर घाइते ७ जना घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कपनबाट हतियारसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी

दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे