विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन



पोखरा । विश्वकै होचा व्यक्तिका कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । मगरको पोखराको मणिपाल शिक्षण अस्पतालमा शुक्रवार दिउँसो २८ वर्षको उमेरमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति मगरलाई अस्पताल भर्ना गरिएको थियो । मणिपाल अस्पतालको आईसीयूमा भर्ना भएका मगरलाई शुक्रबार दिउँसो करिव ३ बजे चिकित्सकको टोलीले मृत घोषणा गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना मगरले जानकारी दिए । खगेन्द्रमा मुटुको समस्या थियो ।

स्वासप्रस्वास, हेमोग्लोबिन कमी, सेतो रगत आवश्यकभन्दा बढी हुने समस्या खगेन्द्रमा रहेको प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए । खगेन्द्रको जन्म बाग्लुङ धुल्लुवासकोट ६ का मा भएको थियो ।

२०६७ असोज २८ गते विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन सफल भएका थिए । त्यतिबेला थापा ५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ०४ इन्च थिए । उनको वजन ५.५ किलोग्राम मात्र रहेको थियो । थापाको शनिबार मणिपालदेखि बौद्ध अर्घौं सदन रामघाटमा अन्त्येष्टि गरिने प्रतिष्ठानका अध्यक्ष रानामगरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

कैलालीका सात वटा नदीमा तटबन्ध निर्माण सुरु

कैलाली । कैलाली जिल्लाका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध निर्माण

गण्डकीका बिनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मा, चुमानलाई अर्थ र मनाङेलाई भौतिक मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका छन् ।

सरकारी जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई