बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको हृदयघातबाट निधन



काठमाडौं । बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको हृदयघातका कारण लन्डनमा निधन भएको छ । लन्डन पट्नी निवासी ६८ वर्षीय शर्माको मंगलबार बिहान पौने ११ बजेतिर घरमै निधन भएको शर्माका आफन्तले जानकारी दिएका छन् ।

मर्निङ वाक गरी घर फर्किएर ब्रेकफास्ट खाएको केही समयपछि उनको निधन भएको थियो । शर्माको शव अहिले लन्डन टुटिङस्थित सेन्ट जोर्ज अस्पतालमा राखिएको छ । छोराहरु अमेरिकाबाट आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्नेबारे टुंगो बताइएको छ ।

शर्मा श्रीमती निलाका साथ लन्डनमा बस्थे । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । उनको स्थायी घर भोजपुरको दिङ्ला हो । सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा बेलायतका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वी चितवनमा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो