पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि गरी मूल्य समायोजन गरेको हो ।

निगमका अनुसार पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हो । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य यथावत् रहेको जनाइएको छ । यसअघि इन्डियन आयल कर्पोरेशनले डिसेम्बर १६ मा पठाएको मूल्यअनुरुप निगमले पुस १ गते डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको थियो ।

मूल्य समायोजनपश्चात् नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य भारतभन्दा प्रतिलिटर १८ रुपैयाँ ६७ पैसा र डिजेलको खुद्रा बिक्री मूल्य १८ रुपैयाँ २७ पैसा सस्तो हुन गएको छ ।

मूल्य समायोजनपश्चात् निगमको डिपो र बिक्री विन्दुदेखि १५ किलोमिटर क्षेत्रभित्र पेट्रोलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा १११ प्रतिलिटर, पोखरा, दाङमा ११० रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा १०९ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको छ ।

डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य काठमाडौँ (थानकोट), सुर्खेत र दिपायलमा १०० प्रतिलिटर, पोखरा, दाङमा ९९ रुपैयाँ ५० पैसा र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), वीरगञ्ज, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज र धनगढी) मा ९८ रुपैयाँ ५० पैसा प्रतिलिटर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी

ताक्लाकोट जान सीमा पास लिने बढ्दै

सिमकोट (हुम्ला) । छिमेकी मुलुक चीनको पुराङ काउन्टीको ताक्लाकोट जानका लागि सीमा पास