‘नेपाल विशेष सेवा विधेयक राणा शासनको झल्को’



काठमाडौं । राष्ट्रियसभाका नेपाली कांग्रेसका सांसद राधेशयाम अधिकारीले सरकार निरंकुशतातर्फ अघि बढेको आरोप लगाएका छन् ।

राष्ट्रियसभा बैठकमा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि बुधबार आफ्ना धारणा राख्दै अधिकारीले राणा शासनमा सरकारको विरुद्ध कुरा गर्न डराउनुपर्ने अवस्था रहेकोमा अहिलेको सरकारले आफ्नो त्यही डर उत्पन्न गराउने अवस्था सिर्जना गरेको आरोप लगाएका हुन् । उनले भने, ‘राणा शासनलाई हामीले के भनेर बुझ्छौ ? त्यसलाई हामी निरङ्कुस शासन भनेर बुझ्छौँ । त्यो बेला सरकारको विरुद्ध केही कुरा हुँदा भित्ताको पनि कान हुन्छ भन्ने डर हुन गर्दथ्यो भनेर बुढापाखाले भन्थे ।’

विधेयकले सोझै स्वतन्त्रता, मौलिक हक, सूचनाको हक र प्रेसको हकमाथि हमला गरेको उनको भनाई थियो । उनले विधेयक एउटले ल्याउने र उपभोग अर्कोले गर्नेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

यस्तै राष्ट्रियसभा सदस्य धनकुमारी खतिवडाले देशले काँचुली फेर्नुपर्ने अवस्थामा मौलिक हक, स्वतन्त्रता, सुचना र गोपनियताको हकमाथि हमला गर्दै सरकार निरङ्कुसता र तानासाही बन्न खोजेको आरोप लगाइन् । उनले विरोधी र विरोधी प्रतिस्पर्धीलाई फसाउने षड्यन्त्र सरकारले गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर