ओली-मोदीबीच फोन वार्ताः बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई थप उचाईमा पुर्याइने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ। बुधबार बिहान प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग टेलिफोन गरी नयाँ वर्ष २०२० को शुभकामना साटासाट गरेका छन्। प्रधानमन्त्री ओलीले मोदीलाई पुनः नेपाल भ्रमणको लागि आग्रह पनि गरेका छन्।

प्रेस नोट

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र भारतीय समकक्षी श्री नरेन्द्र मोदीजीबीच बुधबार बिहान १०ः३० बजे टेलिफोन संवाद भएको छ । उहाँहरूले आपसमा नयॉ बर्ष २०२० को शुभकामना आदानरप्रदान गर्नुभएको छ। त्यस क्रममा प्रधानमन्त्रीज्यूले आफ्नो स्वास्थ्यस्थितिप्रति राख्नुभएको चासो र शुभेच्छाको लागि भारतीय प्रधानमन्त्री श्री मोदीजीलाई आफ्नो तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

टेलिफोन संवादको क्रममा दुई देशबीचको सम्बन्धलाई नयॉ उचाईमा पुर्याउन सन् २०१९ सफल रहेको र बॉकी समस्याहरू पनि समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्याउन सन् २०२० सफल रहने पनि उहाँहरूले विश्वास व्यक्त गर्नुभएको छ।

सम्माननीय प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्री श्री मोदीजीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गर्नुभएको छ।

सूर्य थापा
प्रधानममन्त्रीका प्रेस सल्लाहकार
१६ पुस २०७६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिए कारबाही गर्ने नाउपा अध्यक्ष रञ्जिताको चेतावनी

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय

सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात