रुप ज्योतिको मुद्दा मिलापत्रमा टुंगिने, जाहेरी फिर्ता लिन मल्लले दिए निवेदन



काठमाडौँ । उद्योगी रूप ज्योतिलगायत उनको परिवारविरुद्ध दर्ता भएको ठगीको जाहेरी मिलापत्रमा टुंगिने भएको छ । ज्योति परिवारले जाहेरीकर्ता विजेन्द्रकृष्ण मल्ललाई जग्गा बैनाबापतको रकम फिर्ता दिई चित्त बुझाएपछि उनले जाहेरी फिर्ता लिन निवेदन दिएका छन् ।

दुवै पक्ष मिलापत्रमा सहमत भएपछि प्रहरीले ठगी मुद्दा नचलाउने रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

आफूहरुकोमा मुद्दा नचल्ने रायसहित प्रतिवेदन आएको सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले जानकारी दिए ।

अध्यक्ष रुप ज्योतिलाई गत बिहबार अन्तर्राष्ट्रिय विमानस्थलबाट छोरी सुरुचिसहित प्रहरीले पक्राउ गरेको थियो । ज्योतिका दाजु पद्म ज्योतिलाई पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो । ज्योतिले एक करोड २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रशासनद्वारा मोरङमा सभा, सम्मेलन र भेला गर्न रोक

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा राजनीति सभा, सम्मेलन तथा भोलामा गर्न

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद

  गोदार (धनुषा) । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ

महालेखापरीक्षकमा तोयम राया नियुक्त

काठमाडौं । तोयम राया महालेखापरीक्षकमा नियुक्त भएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले