नेपाल आफ्नो राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सफल हुनेछ: मोहनविक्रम सिंह



नेपाल कम्युनिष्ट पार्टी (मसाल), केन्द्रीय कार्यालय
वक्तव्य
कालापानी समेतका क्षेत्रहरूमा भारतीय साम्राज्यवादले गरेको अतिक्रमणका विरुद्ध हाम्रो पार्टीले पहिलेदेखि नै कडा विरोध गर्दै आएको छ । अहिले भारतले निकालेको नयाँ नक्साले त्यो खतरालाई अरू गम्भीर बनाएको छ । तर, भारतको त्यस प्रकारको नीतिका विरुद्ध देशव्यापी रूपमा जुन विरोध कार्यक्रमहरू सम्पन्न भएका छन्, त्यसले नेपाली जनताको उच्च प्रकारको देशभक्तिको भावनालाई प्रदर्शन गरेको छ । त्यस सन्दर्भमा सरकार सहित विभिन्न राजनीतिक पार्टी वा सङ्गठनहरूमा जुन ऐक्यवद्धता देखापरेको छ, त्यसलाई नेकपा (मसाल)ले स्वागत गर्दछ । त्यस प्रकारको ऐक्यवद्धताको आधारमा नेपाल आफ्नो राष्ट्रियता र सार्वभौमिकताको रक्षा गर्न सफल हुनेछ भन्ने कुरामा हाम्रो पार्टीले पूरा विश्वास राख्दछ ।
२०७६ कार्तिक २५ गते
मोहनविक्रम सिंह
महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको