सांसद साहलाई चार दिन थुनामा राख्न अदालतको अनुमति



जनकपुरधाम । सांसद प्रमोदकुमार साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीले साहलाई बुधबार जिल्ला अदालतमा पेस गरेर अनुसन्धानका लागि १० दिनको समय मागेको थियो । सांसद साहलाई जिल्ला अदालत धनुषामा सवा १० बजे लगिएको थियो । बा२झ ४४७७ नम्बरको प्रहरी भ्यानमा उनलाई अदालतमा लग्दा उनको हातमा हतकड़ी थिएन ।

यता, राजपाका कार्यकर्ताले सांसद साहको रिहाइको माग गर्दै जनकपुरधामको विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । उनीहरुले रामनन्द चोकमा टायर वाली चक्काजाम समेत गरेका छन् ।

प्रदर्शनकारीले वुद्ध एयरको कदम चोकस्थित कार्यालयमा तालाबन्दी गरेका छन् । सांसद साहले बुद्ध एयरको विमान उड्न ढिलो गरेको भन्दै सोमवार जनकपुर विमानस्थलको विशिष्ट कक्ष र बुद्ध एयरको काउण्टरमा तोडफोड गरेका थिए ।

तोडफोडपछि उनलाई त्रिभुवन विमानस्थलमा मंगलबार पक्राउ गरी जनकपुरधाम ल्याइएको छ । म्याद थपपछि अदालत परिसरमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद साहले अदालतले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने र अदालतले गरेको कुराको जनताले मूल्यांकन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने