कांग्रेसले विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने



काठमाडौं । नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएकी विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव नमान्ने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको पार्टी पदाधिकारी बैठकले यो प्रस्ताव संविधान विपरित भएको निष्कर्ष निकालेको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले यो प्रावधानसहितको विधेयक निणायार्थ प्रस्तुत गरेमा यसमा फरक मत राखेर असहमित जनाउने कांग्रेसले निर्णय गरेको छ । आज दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । त्यसमा बहुमतका आधारमा विधेयक पारित गर्ने नेकपाको तयारी छ ।

यो प्रावधान संवैधानिक, सामाजिक र सास्कृति अधिकार विरुद्ध भएको कांग्रेस उपसभापति विमलेन्द्र निधीले बताए । त्यस्तै बैठकले यो विधेयक पारित भए सामाजिक द्वन्द्व बढ्ने निष्कर्षसमेत निकालेको छ । शनिबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले विदेशबाट विहे गरेर आएकी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्तावको समर्थन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।