‘क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ’



काठमाडौं । नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी कैलालीको क्वारेन्टाइनमा बलात्कारको घटना हुनु अत्यन्तै निन्दनीय र गम्भीर भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कैलालीको घटनामा दोषीलाई कानूनी कार्वाही संगसंगै क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन् । अब्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेका छन् । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेययकका विषयमा प्रचण्ड र देउवाबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति

गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा बिहीबारदेखि सुरु गरेका