मेलम्ची खानेपानी आयोजनाको छिट्टै उद्घाटन मिति सावर्जनिक गरिने



काठमाडौं । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भएर उठ्ने गरेका प्रश्नहरुको बिट मार्ने समय आएको बताएकी छन् । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा खानेपानी मन्त्रालयमाथि सांसदहरुले उठाएको प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै मन्त्री मगरले मेलम्ची खानेपानीको छिटै उद्घाटन गर्ने मिति सावर्जनिक गर्ने पक्षमा सरकार रहेको बताएकी हुन् ।

विगत दुई दशकदेखि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीलाई आशा र निराशा मात्रै दिएको बताउँदै मन्त्री मगरले त्यसको अब अन्त्य हुन लागेको बताएकी हुन् । उनले भनिन्, ‘विगत दुई दशकदेखि मेलम्ची खानेपानीले आशाहरू सँगसँगै उब्जाएका निराशाहरू अन्त्यको समय आएको छ ।’

मेलम्ची खानेपानीको भौतिक पूर्वधारको निर्माण चालु आर्थिक वर्षमा सम्पन्न गर्ने र आगामी आर्थिक वर्ष २०७७/ ७८ मा त्यसको वितरणको कार्यलाई व्यवस्थित गरिने मन्त्री मगरको भनाइ थियो । उनले काठमाडौं खानेपानी लिमिटेडले उक्त पानी विरतण गर्ने तयारी भइरहेको र अहिले काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको पानीलाई उपत्यकाका अन्य क्षेत्रमा वितरण गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

त्यस्तै आगामी वर्ष सात वटा आयोजना सम्पन्न गरी १ लाख २० हजार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उनले उल्लेख गरिन् । उनले स्वच्छ खानेपानी तथा सरसफाई प्रत्येक नागरिकको अधिकर भएको नागरिकको अधिकारलाई सुनिश्चित गर्न, दिगो विकास लक्ष्य तथा पन्ध्रौ योजनामा समावेश गरिएका लक्ष्य हासिल गर्न सोही अनुसारको कार्यक्रहरु तयार गरिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज