कोरोना महामारीले अर्बौँ मानिसको जनजीविका प्रभावित



विश्व बैंकका प्रमुखले कोरोनाभाइरस महामारीलाई विश्व अर्थतन्त्रका निम्ति घातक धक्का भन्दै त्यसले अर्बौँ मानिसको जनजीविका प्रभावित भएको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा डेभिड मालपासले सरकारहरूलाई वृद्धि पुनस्र्थापित गराउन नयाँ प्रणालीहरू निर्माण गर्न आह्वान गरे ।

भाइरसको आर्थिक असर एक दशकसम्म रहिरहनसक्ने उनले बताए । यसअघि मे महिनामा उनले कोरोनाभाइरसका कारण ६ करोड मानिस अति गरिबीमा घचेटिने बताएका थिए । विश्व बैंकका अनुसार अतिगरिबीको वर्गमा दैनिक दुई अमेरिकी डलरभन्दा कममा निर्वाह गर्न वाध्य मानिस पर्छन् । महामारीको असर अनि त्यसपछि लकडाउनहरूका कारण अर्बौँ मानिसको जनजीविका बिथोलिएको छ। त्यो चिन्ताजनक छ ।

उनले गुमेको आम्दानी जस्तो प्रत्यक्ष प्रभाव अनि स्वास्थ्य तथा सामाजिक रूपमा परेका अन्य प्रभाव निकै कठोर हुने बताए । मालपासले प्रभाव बहन गर्न नसक्ने वर्गमै सबभन्दा धेरै असर पर्ने बताए । सही योजना कार्यान्वयन गरिए जीवन तथा जीविका पुनस्र्थापित गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए ।

त्यस्ता योजनामा गरिब देशहरूलाई ऋणमा राहत तथा अति जोखिममा रहेका मानिसहरूलाई सरकारहरूको सहयोग रहेको उनले बताए । विश्व बैंकले सबभन्दा धेरै प्रभावित देशहरूलाई सहयोग गरिरहेको तर अझ धेरै गर्न जरुरी रहेको बताएको छ । उसले बैंक तथा पेन्सन कोषजस्ता व्यापारिक कर्जादाताहरूलाई पनि गरिब देशलाई कर्जामा राहत दिन आग्रह गरेको छ ।

ऋणका शर्तहरू स्पष्ट बनाइदिए अन्य लगानीकर्तालाई त्यस्ता अर्थतन्त्रमा स्रोत लगाउन सहज हुने पनि मालपासले बताएका छन् । अर्थतन्त्रहरूलाई पुनर्निर्माण गर्न निजी क्षेत्र उकास्ने गरि सरकारी सहयोग हुनु पर्ने विश्व बैंकले बताएको छ । समृद्धि पुनस्र्थापित गर्नका निम्ति पर्यटनजस्ता स्थायी रूपमै रोजगारी गुमेका हुनसक्ने क्षेत्रहरूको साटोमा रोजगारीका नयाँ अवसर सृजना हुने गरि नयाँ वातावरण बनाउनु पर्ने उनले बताए ।

अन्ततः यो महासङ्कटबाट मानिसले पार पाउनेपनि मालपासले बताए । ‘म आशावादी हुँ। दीर्घकालमा भन्नुपर्दा मानवको प्रकृति दह्रो छ र नवप्रवर्तन पनि हुनेछ। संसार निकै तीव्रगतिमा बदलिँदो छ। र, अहिलेजस्तो सम्पर्कसञ्जाल कहिल्यै थिएन। यसले भविष्यप्रति आशा जगाउँछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा