‘सरकारी निवास बालुवाटारमै पार्टी बैठक हुने भए त त्यहाँ सिङ्गो सरकार स्वाहा हुने रहेछ’



फिनल्याण्डकी यी ३२ वर्षीय उपप्रधानमन्त्री Katri Kulmuni ले राजीनामा दिइन् । उनले ‘पब्लिक स्पिकिङ्’बारे तालिम लिएकी रहिछन् । त्यसको बिल सरकारी खर्चमा जोड़िएर आएपछि उनीमाथि नैतिक प्रश्न उठेको थियो ।

समाजविज्ञानमा स्नातक भए पनि यी युवा नेतृलाई हामीलेझैँ भाषण गर्न नआउने रहेछ । पश्चिममा राजनीति गर्नेहरूले प्रायः ‘पब्लिक स्पिकिङ्’ तालिम लिएका हुन्छन् । धर्म, समुदाय या जातजातिलाई असर नपर्ने खालको शब्दचयनदेखि कसरी थोरैभन्दा थोरै शब्दमा तथ्यपरक संवाद गर्ने भन्ने कला नेतृत्व गर्नेमा हुनुपर्ने गुण मानिन्छ । यसले विदेशी राष्ट्रसँग सरकारले गर्ने बार्गेनिङ् र सम्झौताहरूमा पनि देशको पक्ष सबल रूपमा राख्न मद्दत गर्छ ।

आइएनजिओले ठूलै होटेलमा आयोजना गर्यो र उल्टो पैसा दियो भनेचाहिँ तालिम लिन जानेहरू भेटिएलान्, नत्र हामीकहाँ यस्तो तालिम लिनेदिने प्रचलन छैन । नेता सर्वज्ञ हुन्छन् र जे बोले पनि ताली पड्काउनुपर्छ र जे गरे पनि बचाउ गर्नुपर्छ भन्ने हाम्रो संस्कार छ ।

उनले तालिम दिने संस्थाको खर्च सरकारले बेहोर्छ भन्ने पछिमात्रै थाहा पाएको र गल्तीका लागि क्षमा माग्दै लागेको सबै खर्च सरकारी कोषमा जम्मा गर्ने बताएकी छन् । हामीकहाँ जस्तो होली वाइन कार्यक्रम भएको भए या सरकारी निवास बालुवाटारमैं पार्टी बैठक हुने भए त त्यहाँ सिङ्गो सरकार स्वाहा हुने रहेछ ।

नारायण गाउँले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले

कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो

नारायण गाउँले । के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको

पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर