‘बजेटलाई हेर्दा घरमा पूजा गर्दा बिरालो बाँधेर गर्ने भन्ने बाहेक केही छैन’



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै दल एक ठाउँमा उभिएर राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले जनताप्रतिको जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दल एक ठाउँमा बस्नुको बिकल्प नरहेको बताएका हुन् ।

कोभिड–१९ बाट प्रभावित मुलुकमा त्यसको असर कम गर्न सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै रिजालले अहिलेको अवस्थामा सबै एक ठाउँमा उभिएर एउटा राष्ट्रिय अठोट गर्नुपर्ने आवश्यकता रहेको बताए । सदनमा विनियोजन विधेकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै डा रिजालले सरकारमा पूँजीगत खर्च गर्न सक्ने क्षमता र योजना नभएको जिकिर गरे । उनले अर्थ मन्त्रालयको चालू खर्च २५ अर्बबाट घटाएर गत वर्ष झैँ आठ अर्बमा सीमित पारियोस् भनेर प्रस्ताव प्रस्तुत गरे ।

विनियोजन विधेकमाथिको छलफलमा भाग लिदै सांसद गोकर्ण बिष्टले सरकार चुनौतीको सामना गर्न उच्चस्तरमा समन्वय गरेर अघि बढ्नुपर्ने बताए । उनले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन, औद्योगिक उत्पादनलाई प्राथमिकता दिन र उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनु पर्ने बताए ।

सांसद लक्ष्मणलाल कर्णले अहिलेको सरकारसँग गरिब किसानको उत्थान गर्न केके कार्यक्रम छ जानकारी दिन माग गरे । बजेटलाई हेर्दा घरमा पूजा गर्दा बिरालो बाँधेर गर्ने भन्ने बाहेक केही नभएको उनको भनाई छ । देशमा यस्तो महामारी आइसक्यो। किसानहरु खान विना मरिरहेको भन्दै सरकारले यसमा ध्यान दिन नसकेको धारणा राखे ।

बैठकमा अर्थ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, कृषि तथा पशुपंछी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्तावसहित छलफल भएको हो ।

छलफलमा सांसद दुर्गा पौडेल, प्रेम सुवाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबुकुमार यादव, डिला सङ्ग्रौला, देवेन्द्रराज कँडेल, मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधारी र पद्मनारायण चौधरीसहित १२ जनाले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा