आफ्ना विरुद्ध सदनमा व्यक्त भनाई संसदको रेकर्डबाट हटाउन सरिता गिरीको माग



काठमाडौैं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन माग गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै गिरीले जेठ १९ गतेको बैठकमा आफ्नो अनुपस्थितिमा एक सांसदले दिएको अभिव्यक्ति संसदीय गरीमा र मर्यादा विपरीत रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन् ।

उनले मन्तव्यमा प्रयोग गरिएको भाषा र शब्दले संसदको सार्वभौमसत्तामाथि आक्रमण गरेको दाबी गर्दै त्यो मन्तव्य संसदीय रेकर्डबाट हटाउन माग गरेकी हुन् । गिरीले सांसदले दिएको मन्तव्य फैलाउने किसिमको भएको भन्दै कारबाही अघि बढाउन गृह मन्त्रालयको ध्यानाकर्षण गराईन् । चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गरिन् ।

उनले भनिन्,‘सभामुखज्यू म त्यो भाषा प्रयोग त गर्दिन तर त्यो घृणा फैलाउने भाषा थियो । ती सांसदले प्रयोग गरेको भाषा कारबाही अघि बढाउन पर्याप्त त म गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहुन्छु ।’

उनले आफू चाँदीको किस्तीमा कसैले सांसद पद नदिएको भन्दै आफ्नो पदीय मर्यादामा रहेर अरुसंग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताइन् । जेठ १९ गतेको प्रतिनिधिसभा बैठकमा सांसद गंगा चौधरीले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ति जनाएकी हुन् । सांसद अमृता देवी अग्रहरीले गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।