किन चिढ्याउँछ सबै छिमेकीलाई भारत ?



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारोहण ताका पहिलो घोषित नीति र प्रस्तुती थियो छिमेक फस्टको । उनले बडो तामझामयुक्त छिमेक सद्भाव बटुल्दै सत्तारोहण गरेका थिए । सबै छिमेकीलाई पहिलो सत्तारोहणका बेला आफ्नै देशमा निम्त्याएर शपथग्रहण पनि गरेका थिए । तरै पनि पहिलो सत्ताकालमा उनले छिमेकलाई थप रिझाउन सकेनन् भने दोस्रो सत्ताकालको प्रारम्भदेखि नै मोदी नीति र व्यवहार छिमेकीलाई थप चिढ्याउने र संवन्ध बिगार्ने एक्सनमा केन्द्रीत भएका छन् । अहिले देशका सर्वशक्तिमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्ता छिमेक सम्बन्ध फस्ट होईन, निरन्तर लस्टको शिखर यात्रामा देखिदै छन् ।

भनाई नै छ छिमेकमा टिमेक नगर्नु किन की साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न । तर एशियाको उदाउदो शक्ति देश र नेपालको तीनतिरको छिमेकी मित्र भारत नै यस्तो छिमेकी देश हो जो आफ्ना सबै छिमेकी देशहरुसंग कुनै न कुनै प्रकारको तनाव र बिबादमा निरन्तर उल्झिरहेको छ ।

भारतीय सेनाले मे महिनाको अन्तिम आइतबार पूर्वी लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच झडप भएको देखिने एक भिडियो अस्वीकार गर्दै भन्यो, “प्रसारित भइरहेको भिडियोको सामग्री प्रमाणित छैन । यसलाई उत्तरी किनारमा स्थितिसँग जोड्न खोज्नु ठूलो डरलाग्दो कुरो हो ।” पूर्वी लद्दाखको पानायलन्ग इलाकामा भारतीय र चिनियाँ सेनाका बीच झगडा भएको देखाउने भिडियोप्रति भारतीय सेनाको आपत्ति थियो ।

सेनाले एक विज्ञप्तिमा भन्यो, “राष्ट्रिय सुरक्षामा असर पार्ने मुद्दाहरूलाई सनसनीपूर्ण बनाउने प्रयासको हामी कडा शब्दमा निन्दा गर्छौं। मिडियालाई अनुरोध गरिएको छ कि सीमा दृश्यमा हालको अवस्थालाई विकृत पार्न भिजुअलहरू प्रसारण गर्न नपरोस्। ”

सेनाका कमाण्डरहरु बीचको अन्तरक्रियाबाट दुई देशहरु बीचको सीमा व्यवस्थापनको बारेमा प्रोटोकल स्थापना भएको र सेनाका कमाण्डरहरू बीचको अन्तरक्रियाबाट दुई देशबीचको सीमा व्यवस्थापन प्रोटोकलबाट निर्देशित हुने भारतीय सेनाको विज्ञप्तीमा उल्लेख छ ।
भारतीय सेनाको यो दावी त्यतिबेला बाहिर आयो, जुनबेला डोकल्याम घटनापछि दुई देशबीच सबैभन्दा ठूलो टकराव पूर्वी लद्दाखमा भारत र चीनका सैनिकहरू तीन हप्तासम्म चलेका समाचारहरु सार्वजनिक भैरहेका थिए । अधिकाँश भारतीय मिडिया र विश्लेष्कहरुले चीनले नियमित भारतीय गस्तीमा बाधा पुर्याएको र वास्तविक नियन्त्रण रेखासम्म चिनियाँ सैनिक हाबी भएको हुदा अवस्था धेरै चिन्ताजनक रहेको दाबी गरिरहेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई सँधै एक “कडा नेता“ को रूप मा प्रस्तुत गरिरहँदा र मोदीको सुरक्षा नीतिको समन्वय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालले हाँकीरहेका बेला यसरी सेना नै चिनियाँ सीमा नाकाको सैन्य तनाबबारे बोल्न विवश भएको छ ।
नेपाल, चीन वा पाकिस्तान लगायतका छिमेकीसंग भारतले सीमामा जुन तनाव सृजना गर्दैछ, त्यसमा भारतीय सत्ताको साम्राज्यावादी र बिस्तारवादी साम्राज्यावादी र बिस्तारवादी नीति र चरित्रको प्रतिविम्व देखिन्छ । भारत चीन सैनिक घम्साघम्सी होस वा कश्मिर निल्ने भुल वा नेपालको सीमा फित्र्ता नगर्ने दम्भ, यी सबै भारतीय प्रभुत्ववादका नयाँ रुप हुन् ।

कोरोनाभाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला भारतले सीमा विवादमा चिनलाई पनि उधिनिरहेको वर्तमान भारतीय नीति अरु छिमेकीसंगको जस्तो सामान्य हुन सक्दैन् । चीनले पछिल्लो साता लद्दाखसँगै प्याङ्गोङ सो लेक र गल्वान उपत्याकामा आधा दर्जन बढी थप सेना तैनाथ गरेर भारतीय निहुँ खोजुवा प्रवृत्तिलाई जवाफ दिदै आएपछि भारतीय सेनाले सीमामा तनाव नरहेको भन्दै आफ्नो कमजोरीको ढाकछोप गर्नु परेको हो । गल्वान क्षेत्रमा पछिल्लो दुई सातामा १ सय भन्दा धेरै पाल टाँगेर चिनियाँ सेनाले बंकर निर्माण गर्न शक्तिशाली सैन्य उपकरण ओसारपोसार गरिदिएर भारतीयहरुको सात्तो लिईदिएका खबरहरु आएका थिए ।
भारतले निरन्तर निहुँ खोज्न थालेपछि पछिल्ला सातामा मात्रै चिनियाँ सेनाले लद्दाख क्षेत्रमा धेरै गतिविधि बढाएको हो । दुवै देशका सैनिकहरुको घम्साघम्सी परेका सदृश्य समाचारहरु सार्वजनिक भएपछि चीनले यस्ता कुरालाई खासै वास्ता गरेन भने भारत तनाब नै नभएको जस्ता रेडिमेड उत्तर दिन विवश भयो ।

चिनियाँ सेनाको गतिविधिबाट भारतीय पक्षको बलमिच्याईलाई नियन्त्रणमा लिन केन्द्रित देखिएपछि भारतीयहरु रक्षात्मक बन्न विवश भए । विवादित मानिएको प्याङ्गोङ सो लेकबाट भारतीय सेनालाई चिनियाँ सेनाले जबर्जस्ती हटाएपछि भारतको मनपरी गर्ने प्रवृत्तिमा अंकुश लागिसकेको छ । भारतीय सेनाले पछिल्लो साताहरुमा सीमा क्षेत्रमा हवाइ गस्ती बढाउदै चिनलाई जिस्क्याउने र तर्साउने असफल प्रयास गर्दै आएको थियो ।

भारतीय सेनाका प्रमुख एमएम नाराभान स्वयं सीमाक्षेत्र नजिकै अवलोकनका लागि पुगेका थिए । मे महिनाको पहिलो साता दुई पक्षका सिपाहीहरुबीच उत्तरी सिक्किमस्थित हिंसात्मक झडप हुँदा एक सय भन्दा धेरै घाइते समेत भएका समाचारहरू बाहिरिएका थिए ।

भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो सीमा गस्तीमा बाधा उत्पन्न गरेको आरोप लगाए पनि भारतले चिनियाँ सेनालाई जर्वजस्त बिबादमा उत्तार्न निहुँ खोज्दै गएको छ । स्मरणीय छ, यसअघि २०१७ मा भारत र चीनका सेना वीच दोक्लममा दुई महिनाभन्दा लामो झडप भएको थियो ।

२०१८ को अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भयो । दोक्लमको झडपलाई अवतरण गराउने भेटको रुपमा पनि यसलाई लिइएको थियो ।

यता नेपालसंग कालापानी, लिपुलेक र लिम्पियाधुराको नयाँ नक्शा बिबादमा उल्झेको भारत विश्वकै उदाउदो शक्ति राष्ट्र चिनसंग पनि सीमा बिबादकै कारण सैनिक घम्साघम्सीको अवस्थामा अघि बढ्न चाहनु भारतका लागि निकै भारी पर्नेछ । अझ नेपालले भारतद्धारा जर्वजस्त मिचिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्शा निकालेपछि भारत सरकारको विदेश मन्त्रालयले यसको औपचारिक विरोध विज्ञप्ती नै निकालेर गरयो । त्यसभन्दा अघि भारतीय स्थलसेनाध्यक्षले नेपाल चिनको उक्साहटमा सीमा बिबाद उकास्न उद्धत भएको आधारहीन आरोप लगाए । भलै यसको नेपाल सरकारका पनि रक्षामन्त्रीले नै खण्डन गरे ।

पूर्व सम्झौता विपरित सैन्य बलका आधारमा कश्मिर निलेपछि पाकिस्तानसंगको दर्रारपूर्ण भारत संवन्ध युद्धउन्मुख छ । पाकिस्तानसंग अब भारत परम्परागत मात्रै नभइ नयाँ दुश्मनी बढाउदैछ । कथित जासूस भन्दै पछिल्ला दुइ पाकिस्तानी कुटनीतिज्ञलाइ देश निकाला गर्ने भारतीय कदम उसले छिमेकी भडकाउने नयाँ भूल हुनेछ ।

आफनो दोहोरिएको शासनकालको सुरुदेखि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकसंगको संवन्ध ज्यादै कमजोर र बिबादित तथा समस्यायुक्त बनाउदै लगेका हुन् । भुटानलाई अपवाद मान्ने हो भने हाल भारतको विदेश संवन्ध सबै छिमेकी देशसंग समस्यायुक्त रहिरहनु भारतकै हितमा छैन नै । खासगरी भारत र चीन वीच बल्झिँदै गएको सीमा विवादले यी दुई देश वीच पुन युद्ध वा टक्करको स्थितिलाई संकेत गरिरहेको छ । क्षेत्रीय शान्ति र विकासका लागि यसरी भारत सधै तगारै नबनिरहनु उसकै पनि हितमा हुनेछ । मुलतः अहिले भारतले
कोरोनाभाइरसको महामारीका विरूद्धमा सबै ध्यान दिने र सबै छिमेकीसंग सुमधुर सम्बन्ध राख्नु उसका लागि नै बढी सही कदम हुनेछ । किन भने पहिले मानव जातीलाइ कोरोनाभाइरसको महामारीबाट बचाउन नेतृत्व गर्नु नै सबै देशका लागि मुख्य जिम्मेवारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

यसरी रोक्न सकिन्छ शिक्षकहरूको दलीय आवद्धता

केशवप्रसाद भट्टराई । १. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले