कोरोना संक्रमणबाट अमेरिकामा ३२ हजार भन्दा बढीको मृत्यु



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना संक्रमणका कारण राज्यमा लगाइएका प्रतिबन्धहरू आउँदा महिनाहरूमा हटाउने विषयमा गभर्नरहरूलाई निर्देशन दिएका छन् । उनले प्रतिबन्ध हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुने समेत बताए । ह्वाइट हाउसमा भएको नियमित पत्रकार सम्मेलनका क्रममा उनले गभर्नरहरूलाई आवश्यकता अनुसार आ आफ्ना राज्यमा कदमहरू चाल्न अनुमति दिइने बताएका हुन् ।

यसअघि ट्रम्पले मे पहिलो तारिख वा गभर्नरले चाहे त्योभन्दा पहिला नै आफ्ना राज्यहरूमा प्रतिबन्ध हटाउन सक्ने बताएका थिए । ट्रम्पले सङ्घीय सरकारको सहायतामा गभर्नरहरूले सबै प्रक्रियाको व्यवस्थापन आफैँ गर्ने पनि बताए । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसबाट ६ लाख ६७ हजार भन्दा बढि सङ्क्रमित भइसकेका छन् भने ३२ हजार ९ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । ट्रम्पले केही राज्यहरू यही महिना खुल्नसक्ने पनि बताए ।

बिहीवार पत्रकारहरूलाई जानकारी दिने क्रममा उनले भने, “अमेरिका खुल्न चाहन्छ र अमेरिकीहरू खुल्न चाहन्छन्।“ उनले देशव्यापी बन्द बेहोर्न सकिने दीर्घकालीन समाधान नभएको समेत बताएका छन् । उनले लकडाउन लम्बिँदा त्यसले जनस्वास्थ्यमाथि गम्भीर खतरा थपेको बताए । ट्रम्पले सर्तहरू पूरा भए स्वस्थ्य नागरिकहरू काममा फर्किनसक्ने पत्रकारहरूलाई बताए ।

उनले अमेरिकीहरूलाई सामाजिक दूरी कायम गर्न र यदि स्वस्थ महसुस नगरे घरमै बस्न भनिने पनि बताए । ट्रम्प प्रशासनको १८ पृष्ठ लामो निर्देशिकामा तीन चरणमा अर्थतन्त्र पुनः खोलिने र एउटा चरण कम्तीमा १४ दिनको हुने बताइएको छ ।

उक्त निर्देशिका अनुसार कुनै क्षेत्र महिनादिन लामो मूल्याङ्कनपछि सामान्य अवस्थामा फर्किनसक्ने छन् । तर सङक्रमण धेरै रहेका र सङक्रमणको दर वृद्धि भएका ठाउँमा भने त्यो भन्दा बढी लाग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली आक्रमणमा मृत्यु भएकी महिलाको गर्भबाट निकालियो जिवितै शिशु, राखियो आमाकै नाम ‘सबरीन’

बच्चा जन्मिनुअघि नै सबरीनको मृत्यु भयो । ती प्यालेस्टिनी युवती साढे सात महिनाकी

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू

बाइडेनको अभियान फ्लोरिडामा, गर्भपतन अधिकार अभियानको प्रमुख बिषय

गर्भपतन अधिकारका लागि गरेको प्रयास रुढिवादी झुकाव भएको फ्लोरिडा राज्यमा प्रतिध्वनित हुने आशामा

म्यान्माको म्यावाडी पुनः सेनाको नियन्त्रणमा

जातीय विद्रोही र म्यान्माको सैन्य शासक (जुन्टा) विरोधी लडाकुहरूको गठबन्धनले यसै महिना कब्जा