के कोरोना भाइरस सङ्क्रमणको गति घट्दैछ ?



विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुख डा. टेड्रस एड्हानोम गेहब्रेयससले केही युरोपेली देशमा सङ्क्रमणको गति घटेकोमा सन्तोष प्रकट गरेका छन् । अमेरिकामा पनि अधिकारीहरूले त्यहाँ कोरोनाभाइरसको महामारी अब उच्च तहमा पुग्न लागेको हुनसक्ने बताएका छन् ।

ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलकी प्रमुख डिबोरा बिक्र्सले शुक्रवार उत्साहप्रद सङ्केतहरू देखा परेका तर अझै पनि महामारी उच्च विन्दुमा पुगिनसकेको बताइन् । यसबीच डा. टेड्रसले भाइरस अब अन्य देशमा तीव्र दरले फैलिरहेको चेतावनी दिएका छन् । उनले अफ्रीकामा ग्रामीण क्षेत्रमा भाइरस पुगेको बताए ।

“अफ्रिकी महादेशका १६ देशमा हामीले सङ्क्रमणका केही समूहगत मामिला तथा समुदायमा सङ्क्रमण देखिरहेका छौँ,“ उनले भने । “सङ्क्रमण फैलिएमा शहरको जस्तो सुविधा उपलब्ध नभएको ग्रामीण क्षेत्रका पहिलेदेखिनै चापमा परेका स्वास्थ्य प्रणालीहरूमा अत्यन्त कठिनाइ हुनसक्छ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार