अब सातै प्रदेशमा न्यूनतम ५०० श्ययाको अस्पताल बनाऔं



– यदि कसैलाई उच्च ज्वरो आएको छ, सुख्खा र लहरे खोकी लागेको छ, सास फेर्न गाह्रो भएको छ अनि उ विदेशबाट आएको वा उनीहरुको संसर्गमा रहेको छ भने उसलाई अस्पताल भर्ना गरेर जाँच तथा उपचार गरौँ | उसका परिवारलाई होम क्वारेन्टाइनमा राखौं | कोरोना संक्रमण परिक्षण गर्दा पोजिटिभ देखिएन भनेर ढुक्क नबनौं | नमुना संकलन गर्ने तरिका, त्यसको सुरक्षण बिधि, जांच गर्ने उपकरण, जांच गर्ने प्राबिधिकको क्षमता आदि धेरै कुराले फल्स पोजिटिभ वा फल्स नेगेटिभ रिपोर्ट आउन सक्छ |

– एकपटक जांच गर्दा रिपोर्ट पोजिटिभ आयो तर फेरी जांच गर्दा नेगेटिभ आयो भने त्यस्तो बिरामीलाई पनि आइसोलेसनमा राखौं | उसको परिवारलाई होम क्वारेन्टाइनमा राखौं |

– कोरोना परिक्षण गर्ने सुबिधा नभएको ठाउँमा यदि कुनै व्यक्ति संक्रमित मुलुकबाट आएको छ, वा त्यस व्यक्तिको सम्पर्कमा आएका उसका परिवार तथा आफन्तलाई माथिका लक्षण देखिए भने आइसोलेसनमा राखौं | लक्षण गम्भीर देखिए अस्पताल भर्ना गरौँ |

– ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मी ( नमुना लिने व्यक्ति ) लाई नमुना संकलन गर्ने तालिम प्रदान गरौ | उनीहरुलाई PPE को ब्यबस्था गरौँ | धेरै जसो नमुना संकलन गर्ने व्यक्ति आफुलाई सर्छ कि भन्ने डरले घांटी तथा नाकको स्वाब लिँदा भित्रसम्म पुर्याएर पर्याप्त नमुना संकलन नगरेका हुनसक्छन | उनीहरुलाई मेहेनत गरेर नमुना संकलन गर्न प्रोत्साहित गरौँ | मेहेनत गर्नेलाई थप इन्सेन्टिभको ब्यबस्था गरौँ |

– यदि कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखिएर मृत्यु भएको छ भने उसको रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आएपनि उसलाई सुरक्षित तरिकाले दाहसंस्कार गरौँ | उसको परिवार, आफन्त, भेट भएका व्यक्ति २ हप्ता होम क्वारेन्टाइनमा बसौं |

– कोरोना संक्रमणको डरले भारतबाट दशौँ हजार नेपाली आफ्नो घरमा आउनुभएको छ | उहाँहरु मध्ये अधिकांशलाई कोरोना संक्रमण भएको छैन | तर उहाँहरु २ हप्ता अनिबार्य क्वारेन्टाइनमा बस्नुपर्छ, बसाल्नुपर्छ | उहाँमध्ये कुनै व्यक्तिलाई माथिका लक्षण देखिएका छन् भने सिधै नजिकको अस्पताल वा आइसोलेसन केन्द्रमा राखौं | परिवार तथा नजिकका व्यक्ति होम क्वारेन्टाइनमा बसौं |

– सिमानाका बासिन्दा ठूलो जोखिममा बस्नुभएको छ | नाका, खेत, जंगल तथा नदीबाट कोहि व्यक्ति नेपाल पसेको छ कि छैन ? उच्च निगरानी गरौँ | यसको लागि सिमानाका बासिन्दालाई प्रशिक्षण दिन सुरु गरौँ | सिमानामा सुरक्षाकर्मीको बाक्लो गस्ती बढाउने ब्यबस्था गरौँ | सिमानाबाट कोरोना संक्रमित व्यक्ति नेपालभित्र पसेमा अकल्पनीय क्षति हुनसक्छ |

– सरकारले यस्तो महाबिपदको बेला खानपिनमा लाग्ने देशद्रोहीलाई ठाउँको ठाउँ कारबाही गरोस् | जांच गर्ने उपकरण, PPE लगायत अत्यावश्यक औषधि उपकरण जिटुजी अर्थात Government to Government वा सेनामार्फत फास्ट ट्रयाक अपनाएर खरिद गरोस् | अघिल्लो सम्झौतामा हस्ताक्षर गर्ने, च्यानल मिलाउने लगायत व्यक्तिलाई पदमुक्त गरेर भ्रष्टाचारलाई निरुत्साहित गरोस् |

– यो अप्रिल महिना अर्थात बैशाखको मध्यसम्म कडा लक डाउन कायम गरौँ | यसपछि भारतको लक डाउनको समानान्तर लक डाउन गरौँ | सिमा नियमन गर्न लामो समय लक डाउन गर्नुपर्ने अवस्था आउन सक्छ | त्यसको लागि १ बर्षको खाधान्न तथा औषधिको जोहो सरकारले गरोस |
– सातै प्रदेशमा न्युनतम ५०० वेडको अस्पताल वा मेडिकल कलेजलाई खाली गरेर कोरोना अस्पतालको रुपमा बिकास गरौँ |

– बिपन्न बर्गलाई महिनाको १५,००० तथा ५० किलो चामलको ब्यबस्था गरौँ | भोकले कोहि मर्नु वा अन्य बाटो हिंड्नु नपरोस् भन्ने कुरामा सरकार सतर्क हुन जरुरी छ | अहिले जीवन संरक्षण गरौँ, बिकास पछि गरौंला |

– सहरबाट गाउँ जाने नागरिकलाई निश्चित समय दिएर गाउँ जाने ब्यबस्था सरकारले गरोस | उहाँहरु आफ्नो खेतीपाती गरेर दुई छाकको जोहो गर्न सक्नुहुन्छ |

– बिरामी उपचार नगर्ने प्राइभेट अस्पतालको इजाजत रद्द गर्ने वा राष्ट्रियकरण गर्ने काम सरकाले शिघ्र गरोस | बिपद्मा काम नलाग्ने अस्पताल अस्पताल हैनन् पैसा छाप्ने मेसिन हुन् |

– भ्रष्टाचारी तथा कालोबजारीको लिस्ट बनाउंदै सार्वजनिक गरौँ | उनीहरुलाई सामाजिक बहिस्कार गरौँ | अख्तियार तथा न्यायालयमा उजुरी दिने गरौँ |

: डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

    काठमाडौँ । काठमाडौंको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  काठमाडौँ ।  सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन

नगरवासीलाई क्यान्सर उपचारमा रत्ननगर नगरपालिकाले २५ हजार सहुलियत दिने

नारायणगढ । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् ।

२०८० मा स्वास्थ्य क्षेत्रमा धेरै उपलब्धि देखिएपनि सुधार गनुपर्ने उत्तिकै

काठमाडौँ ।  २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो ।