प्रदेश २ को नाम ‘जानकी’ राख्ने नेकपाको प्रस्ताव अस्वीकृत



जनकपुरधाम । प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशको नाम ’जानकी’ राख्ने नेकपाको पक्षमा ३७ मत मात्रै खसेको छ । मतदानमा प्रदेशका एक सय ७ जना प्रदेश सांसदहरुले मत खसालेका थिए ।

प्रदेशसभामा नेकपाका ३२ सांसद छन् ।  नेकपाको प्रस्तावमा ३७ मत खसेपछि कुन दलका सांसदले नेकपाको प्रस्तावमाथि समर्थन गरे भने खुल्न सकेको छैन । नेकपाले प्रस्ताव गरेको नाम अस्वीकृत भएसँगै अब कांग्रेसले राखेको प्रस्तावमाथि मतदान हुनेछ ।

कांग्रेसले प्रदेश २ को नाम ’मिथिला भोजपुरा’ प्रस्ताव गरेको छ । मतदानको प्रक्रियामा प्रदेशको नाम र राजधानी पारितका लागि दुई तिहाइ मत आवश्यक पर्छ ।

प्रदेश सभामा सत्तापक्ष समाजवादीको ३०, राजपाको २५ सांसद गरी ५५ जना छन् । दुई तिहाइका लागि सत्ता पक्षलाई थप १७ जना सांसद आवश्यक पर्छ। नेकपाको ३२, कांग्रेसको १९ र संघीय समाजवादी पार्टीको एक सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा