‘प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देशबाट युवा खाडी मुलुकमा पसिना बगाउन जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ’



काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले व्यवहारमै आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्नुको बिकल्प नभएको बताएका छन् । बुधबार राष्ट्रियसभा सदस्यमा सपथ ग्रहणपछि बसेको राष्ट्रियसभाको बैठकमा श्रेष्ठले प्रकृति र पुर्खाले आर्जेको यस्तो सुन्दर देश हुँदाहुदै लाखौँ युवा खाडी मुलुकमा पसिना बगाउन बाध्य भएको भन्दै अब त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

नेकपालाई नेपाली जनताले बहुमत दिएको र सरकारले पनि संघीयता कार्यान्वयनका लागि गुणात्मक काम अघि बढाएको भन्दै नेपाली समाज र जनजीवनलाई सकारात्मक दिशातर्फ अघि बढाइरहको उनले बताए ।

उनले राष्ट्रिय एकताका सवालमा भारतले मिचेको लिम्पियाधुराको नेपाली जमिन फिर्ता गर्न पहल गनुपर्ने, लोकतन्त्रका आधारभुत मान्यतालाई विकास गर्दै प्रतिगमनका सारा षड्यन्त्र असफल पार्नुपर्ने पनि बताए ।

श्रेष्ठले देश विकासका लागि एक पक्षले अर्को पक्षलाई दोष दिएर नभई आत्मसमीक्षासक्नुपर्ने र समृद्धिको यात्रामा हातेमालो गर्नुपर्नेमा जोड दिए । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रिय अभियानलाई अघि बढाउन सवैले आफ्नो दायित्व बुझ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नुपर्छः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री

अनावश्यक विदा, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुटको विषयमा लगातार काम गरिरहेको छुः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का

महाधिवेशन तयारीबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

काठमाडौँ ।  सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका