जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने पौडेल पक्षीय भेलाको निर्णय



काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ । चाक्सीबारीस्थित कांग्रेस नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरको भेलाले प्रशिक्षण बहिष्कार गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम राखेको निष्कर्ष निकाल्दै जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेता प्रकाशमान सिंहले जानकारी दिए । १४ औं महाधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको र महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाट गर्नु नहुने सिंहले बताए ।

चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ । सभापति शेरबहादुर देउवाले केही दिनअघि मात्र रिक्त विभाग गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने

संसद तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जा गयो

काठमाडौँ । विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि होः पूर्वप्रधानमन्त्री खनाल

    काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको