खतिवडा पुनः अर्थमन्त्री नियुक्त



काठमाडौं । डा.युवराज खतिवडा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई अर्थमन्त्री नियुक्त गरेकी हुन् । खतिवडाले मंगलवार मात्र राजीनामा दिएका थिए ।

’सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/०३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिशमा डा. युवराज खतिवडाज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाली आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रिय सभामा खतिवडाको कार्यकाल सकिएपनि ६ महिनाका लागि मन्त्री बन्न सक्ने बाटो संविधानले खुला गरेको छ । त्यसपछि पनि मन्त्री पदमा निरन्तरता पाउने हो भने यसबीचमा संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी