कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि कसैले सिध्याउनै पर्दैन, आफैं सकिन्छन्ः प्रचण्ड



भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार बिहान भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भई आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैंले आफैंलाई सिद्धाउने रहेछन् ।’

उनले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको बताए । उनले कम्युनिष्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने बताए ।

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कै अर्कै, यो सबैभन्दा बढी २० औँ शताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पूँजीपति चाहिन्न। बन्दुक पनि चाहिन्न । आफैंले आफैंलाई सिध्याउने रहेछन,’ अध्यक्ष प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन

राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार