‘अरुका पोल संसदमा खोल्नुहोस् र अख्तियारलाई सहयोग गर्नुहोस् न प्रमाण जुटाउन’



डा. युवराज संग्रौला ।
इतिहास दुर्गन्धित बनाउने काम हामीले गरेका छौँ । भ्रस्टाचारलाई जीवनको अङ्ग बनाएका छौँ । २०४८ सालमा नव उदारवादको जलले अर्थतन्त्रलाई छर्किएपछि सबै ठिक हुन्छ भन्ने मनोरोग हाम्रो दिमागमा अन्तर्रास्ट्रिय खेलाडीहरुले रोपिदिएका थिए । अहिले पनि त्यो हाबी छ । त्यसलाई जोगाउन सबै खेलहरु भैरहेका छन् । हामी त्यस्ता गाईका बाछीहरु जस्ता बनाइयौं जसलाई आउने दिनमा उनीहरुले आफ्ना नस्लका बाछाबाछी पाउने अवसर हुँदैन । के के गरियो यी बाछीहरु माथी ?

१. यी बाछीलाई इनभेट्रो इन्सेमिनेसन गरेर गर्भाधारण गराइयो । तब यिनले आफूजस्तै बाछाबाछी पाएनन्, यिनले त न्युजिल्यान्डको जर्सी जस्ता बाछाबाछी पाए । गोठका गाईगोरुले थाह पाएनन्, उनीहरुको नस्ल नास गर्ने योजना थियो यो त । गोठमा हुर्केका बाछाबाछीजतिलाई तगारो खोलेर बाहिर जान दिएयो । यी सबै पुच्छर ठाडो पार्दै कुदे । कता कता गए, थाहा छैन । जर्ज वोरेलले सोभियत युनियनलाई एनिमल फार्म बनाएर लेखेका कथा पढ्नेहरुले थाहा नै पाएनन् अरु जर्ज ओरेले यहाँ नेपालमा मानिसलाई भेडा बनाइरहेका छन् ।

२. देशका युवाजति सबै कामदार बनाएर बाहिर लगिएको सबैलाई थाहा छ । नवउदारवाद यही थियो नेपालमा । तब देशका उद्योग जति समाप्त पारिए । लोकतन्त्रलाई “मात्नका लागि रक्सी खाने ठाउँ“ भट्टी जस्तो बनाइयो, जहाँ नौतिकतामाथी पिसाब गरिन्छ ।

३. भ्रष्टाचार त्यही पिसाब गरेका ठाउँमा उम्रेको हो, नेपालमा । भ्रस्टाचार गर्नेको कुनै जात, धर्म, सम्प्रदाय हुँदैन । तर यिनै भ्रस्टाचार गर्नेलाई हिजो काँधमा हालेर राजनीति हिंड्ने काम भयो भट्टीमा, होइनन र ? कोही न्यायाधीश बनाइए, कोही मन्त्री बनाइए, कोही केके बनाइए ।

४. यिनीहरु हरकोहीलाई कारबाही हुनुपर्छ भन्ने आवाज उठ्नु पर्ने ठाउँमा, भ्रस्टाचार गर्नेका पक्षमा संसदमा अवाज उठाउने कस्तो राजनीति होला ? हो भ्रस्टाचार गर्नेहरु छुटेका छन् । तिनीहरुमाथी पनि कारबाही गर भनेर नाम किटान गर्नुहोस् न, सक्नुहुन्छ भने तिनलाई पनि कारबाही गर्न बाध्य गर्न संसद अबरोध गर्नुहोस् न । अख्तियारले त काम गर्यो, प्रमाणले भेटाएजतिलाई ल्यायो । अरुका पोल संसदमा खोल्नुहोस् र अख्तियारलाई सहयोग गर्नुहोस् न प्रमाण जुटाउन ।

५. गाइगोठका साँढेजतिलाई नस्ल मास्ने खेलका नाइकेहरुले डुँडमा खाना खान दिने जर्ज वोरेलका दाजुभाइले उनीहरुको नस्ल सिध्याउन के के खेल खेलीरहेका छन् थाह नै छैन । उनीहरु मध्य कसैलाई डुँडमा खान दिन्छन्, कसैलाइ स्ल्टर हाउसमा लान्छन् । यो रित त चलिरहेको छ । गोठ ध्वस्त पारिदैछ । जो जिउँदै छन् गोठमा उनीहरुलाई पिजा खाने कि मोमो खाने भनेर छलफल चलाउँछन् जर्ज वोरेलका दाजुभाइ । अहिले देशमा पिजा खानेकि मोमो भनेर बहस गर्दै छ । कोही नैतिकतामाथि पिसाब गर्नेहरु कोही डुँडमा दाना खांदैछन् कोही चिहानघारीको डरबाट बिछिप्त हुँदैछन् । गोठ झन् झन् अपभ्रमंसित हुँदै छ। मानिसको कोरोना भाइरससँगै देशको कोरना भाइरस पनि खतरनाक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका

संसदीय समिति हाम्रोविरूद्धमा हो भन्ने भ्रामक कुरा हो, त्यसैले बनाइदिऔं समिति

गणेश कार्की । सहकारीको बिषयमा सभापति रवि लामिछानेबाट हिजो फेरि पनि फेसबुकमा पोस्ट

रामराम सा

डा. गोविन्दशरण उपाध्याय । आजभोलि ‘जैश्रीराम’ शब्द निकै लोकप्रिय छ । यसको लोकप्रियता