सबै वर्ग र क्षेत्रको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् ।

किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् । साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।

‘नेपालका विभिन्न समुदायहरुले मनाउने सांस्कृतिक पर्वहरु हामी नेपालीका पहिचान हुन्’, प्रचण्डले सन्देशमा भनेका छन्, ‘सबै जाति, क्षेत्र, लिंग, समुदायको पहिचानसहितको समृद्धि नै राष्ट्रको उन्नति हो । मुलुकको समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान रहँदै आएको छ ।’

विभिन्न समुदायका सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।

मार्ग शुक्ल पूर्णिमाका दिन आज किरात समुदायले उधौली तथा ज्यापू समुदायले योमरी पुन्हिः मनाउँदैछन् । यस अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको स्वतन्त्रताकाबारेमा भारतले नभुलोस्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान

अन्य राजनीतिक दलसँगको छलफलपछि निर्वाचनको मिति तोक्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । प्रधानमन्त्री

१४औँ महाधिवेशनमा सभापतिमा उठ्छुः रामचन्द्र पौडेल

बाँके । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको आगामी १४औँ महाधिवेशनमा आफू

दलहरुबीच सहमति भए तत्कालै एमसीसी पास हुन्छ : परराष्ट्रमन्त्री

उदयपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने