उपनिर्वाचनको ५० स्थानको नतिजा सार्वजनिक, २९ स्थानमा नेकपा विजयी, १२ स्थानमा कांग्रेस



काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ ।

हालसम्म घोषित ५० स्थानको मतपरिणाममा नेकपाले २९ स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निवाचत भएका छन् । नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, र्तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ । काँग्रेसले भने एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।

समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगबाट थाहा भएको छ ।

धरान उपमहानगरपालिकाको प्रमुखको पछिल्लो मतपरिणामअनुसार काँग्रेसका तिलक राईले २५ हजार ९९५ र नेकपाका प्रकाश राईले २३ हजार ३९२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिमानी हरि बुढामगरलाई विद्यार्थीहरुका माझमा डिक्यानद्वारा बधाई तथा सम्मान

काठमाण्डाै, दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आराेही हरि बुढामगरलाई डिफेन्स करिअर एकेडेमी नेपाल(डिक्यान)ले

के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान