प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्रीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हो ।
उपचारमा संलग्न चिकित्सक अरुण सायमीका अनुसार प्रधानमन्त्रीलाई एपेन्डीसाइिटसको आशंकामा शल्यक्रियाको तयारी सुरु गरिएको छ । यसअघि आइतबार साँझ प्रधानमन्त्रीको ग्रान्डी अस्पतालमा चौथोपटक हेमोडायलासिस गरिएको थियो ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीको मिर्गौलामा समस्या आएपछि पुनः मिर्गौला प्रत्यारोपणको तयारीसमेत गरिएको छ ।