नेकपाको अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा चयन



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभिन्न निकायको नेतृत्व टुंग्याएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई जिम्मेवारी दिने निर्णय सचिवालयले गरेको छ । केन्द्रीय सल्लाहकार कमिटीमा केशव बडाल र सचिवमा नन्दकुमार थापा छानिएका छन् ।

ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवालीलाई छानिएको छ । नेकपाले प्रवास संगठन भने अझै टुंग्याएको छैन ।

प्रवासमा पार्टी कमिटी गठन नगर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको भए पनि प्रवासी नेपालीको हकहितको निम्ति कुनै न कुनै किसिमको संरचना निर्माण गर्नेगरी छलफल भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई

हाम्रा मनोवैज्ञानिक समस्या

डा. युवराज संग्रौला । हाम्रा केही मनोवैज्ञानिक समस्या छन् । खासगरि अहिले ‘व्यापक

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन