मृत आमाको पेन्सन लिन भूमिगत कोठमा शव



अस्ट्रियामा एक व्यक्तिले आफ्नी आमाको शवलाई घरको भूमिगत कोठामा एक वर्षसम्म लुकाएर राखी उनको नाममा आउने पेन्सन लिने गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुन महिनामा नै भएको ठानिएको छ। उनी विस्मृतिसम्बन्धी रोगबाट पीडित थिइन् । तर ६६ वर्षीय ती व्यक्तिले घरको भूमिगत कोठामा उनको शवलाई लुकाएर राखेका थिए । उनले दुर्गन्ध नआओस् भनेर शवलाई कपडाको पट्टीले बेरी बरफले छोपेर राख्ने गरेका बताइएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिले झन्डै ५० हजार यूरो गैरकानुनी तरिकाले प्राप्त गरेको हुनुपर्छ । ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि उक्त शङ्कास्पद जालसाजीको घटना सार्वजनिक हुन पुगेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आशङ्का उत्पन्न भएपछि गरिएको अनुसन्धानले त्यस्तो बीभत्स घटना उजागर गरेको थियो । प्रहरीले अस्ट्रियाको सार्वजनिक प्रसारण संस्था ओआरएफलाई बताएअनुसार ती सन्दिग्ध व्यक्तिले आफ्नी आमाको शवलाई बिरालोको बिस्टाले समेत छोपेका रहेछन् जसले गर्दा शव ’ममी’ जस्तो बन्न पुगेको थियो । प्रहरी अधिकारी हेल्मुट गफ्लरका अनुसार ती व्यक्तिले आफ्नो अपराध स्वीकार गरिसकेका छन् ।

अधिकारी गफ्लरका अनुसार ती व्यक्तिको अन्य आम्दानीको स्रोत छैन र उनले आफूले आमाको मृत्युबारे अधिकारीहरूलाई जानकारी गराएको भए उनले पाउने गरेको सुविधाको रकम तत्काल बन्द हुने बताएका जनाइएको छ ।

पैसाको अभावमा आफूले आमाको अन्तिम संस्कार गर्न नसक्ने र आफूहरू बस्दै आएको घर समेत जोगाउन नसक्ने ती व्यक्तिले बताएका जनाइएको छ । ओआरएफका अनुसार ती व्यक्तिले आफ्नो भाइलाई आमाको उपचार अस्पतालमा भइरहेको र रोगका कारण कसैलाई नचिन्ने भएकाले उनलाई अस्पतालमा भेट्न गए पनि केही फाइदा नहुने भनेर ढाँटेको स्वीकार गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’