हाँस्य कलाकार कामरालाई किन लगाइयो विमानमा उड्न प्रतिबन्ध ?



भारतमा एक चर्चित समाचारप्रस्तोतालाई उडिरहेको विमानभित्र उनकै शैलीमा प्रश्न सोधेर एक हास्य कलाकारले र्‍याखर्‍याख पारे। तर त्यसपछि ती कलाकारलाई केही भारतीय विमानसेवाले आफ्ना विमानमा उड्न नपाउनेगरी प्रतिबन्ध लगाइदिए।

त्यस्तो प्रतिबन्ध कति उचित हो? विषेशगरी ती प्रस्तोताको टेलिभिजन च्यानलका संवाददाताहरूले अरूलाई दैनिक त्यसैगरी र्‍याखर्‍याख पारिरहेको अवस्थामा?

विमानभित्र अर्नब गोस्वामीलाई प्रश्न सोध्ने कुणाल कामरालाई चारवटा विमानसेवाले प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरूले यो प्रश्न सोधेका छन्। गोस्वामीसँग सार्वजनिक रूपमा वादविवाद गरेको र अनुचित आचरण देखाएको कामरालाई उनीहरूको आरोप छ।

रिपब्लिक न्यूज नेटवर्कका सञ्चालक गोस्वामी भारतमा चर्चित व्यक्ति हुन्। तर उनलाई विभाजन निम्त्याउने व्यक्ति पनि मानिन्छ।

उनी आफ्नो बहस कार्यक्रमका सहभागीहरूलाई बारम्बर गाली गर्छन्, विपक्षी र सरकारका आलोचकहरूलाई प्रहार गर्छन् र कतिपय समाचारका विषयमा आफ्नो निर्णय नै सुनाउँछन्। उनले नाम नै तोकेर कतिपय व्यक्तिलाई ‘गद्दार’ भनेका छन् भने पाकिस्तानसँग युद्ध गर्नुपर्ने पक्षमा पैरवी गरेका छन्।

केही दिनअघि कामरा र गोस्वामी मुम्बईबाट लखनऊ उडेको इन्डिगो एअरलाइन्सको विमानका यात्रु थिए। कामराले गोश्वामीलाई आफूले विमानभित्र भेटेको र शिष्ट भएर कुराकानीका लागि अनुरोध गरेको, तर उनले आफू टेलिफोन कुराकानीमा भए जस्तो गरेर वास्ता नगरेको बताए।

गोस्वामीको कामगराइबारे पटकपटक प्रश्न गर्ने प्रयास विफल भएपछि आफूले गोस्वामीकै शैलीमा उनले प्रयोग गर्ने गरेको पदावली “देश जान्न चाहन्छ” भन्दै भिडिओ खिचेको कामराको दाबी छ। उनले बारम्बार “अर्नब काँतर वा राष्ट्रवादी के हुन्?” भनेर प्रश्न गरेका थिए।

कामराले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो। त्यसमा कतिपयले पहिलो पटक गोस्वामीलाई मौन देखिएको भन्दै ठट्टा गरेका थिए।

कालो चस्मा र इअरफोन लगाएका गोस्वामीले कामरालाई निरन्तर बेवास्ता गरेको भिडिओमा देखिन्छ। तर त्यसको केही घण्टापछि इन्डिगो एअरलाइन्सले भारतका उड्डयनमन्त्रीलाई समेत ट्याग गर्दै आफूले कामरालाई अस्थायी रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको ट्वीट गरेको थियो।

उड्ययनमन्त्री हरदीप सिंह पुरीले त्यसमा प्रतिक्रिया जनाउँदै अरू एअरलाइन्सहरूलाई पनि त्यसै गर्न भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ