नजिकबाट हेर्दा यस्तो देखियो सूर्यको सतह



हवाईस्थित डानियल के इनौउए सोलार टेलिस्कोपले सूर्यको ३० किलोमिटरसम्म सानो भागको तस्बिर जारी गरेको छ। पृथ्वीबाट १५ करोड किलोमिटर पर रहेको १४ लाख किलोमिटर व्यास रहेको सूर्यको त्यति नजिकको तस्बिर विरलै छ।

माथिको भिडिओमा देखिएको प्रत्येक कोषको आकार अमेरिकाको टेक्सस जत्रै छ। त्यो कोष प्लाज्मा भनिने तातो ग्यासको पिण्ड हो।

बीचमा देखिएको उज्यालो सौर्य वस्तु हो र वरपरको कालो भने प्लाज्मा चिसो भइरहेको स्थान हो। सो नयाँ टेलिस्कोप हालेअकाला नामक ३,००० मिटर अग्लो ज्वालामुखी पहाडमा राखिएको छ।

यसको चार मिटरको ऐना सौर्य टेलिस्कोपमा भएको सबैभन्दा ठूलो हो। यो टेलिस्कोप सूर्यले कसरी काम गर्छ भन्ने अध्ययन गर्न प्रयोग गरिने छ।

वैज्ञानिकहरू ‘अन्तरिक्ष मौसम’ भनिने ऊर्जा विस्फोटको अनुमान सहि तरिकाले गर्न सूर्यको व्यवहारको अध्ययन गर्न चाहन्छन्। “पृथ्वीमा हामी मौसमको सही पूर्वानुमान गर्न सक्छौँ तर अन्तरिक्षमा सक्दैनौँ,” सो टेलिस्कोपको व्यवस्थापन गर्ने अशोसियशन अफ यूनिर्भर्सिटिज् फर रिसर्चका म्याट माउन्टेनले भने।

यो टेलिस्कोपले अर्को हप्ता फ्लोरिडाबाट प्रक्षेपण गरिने सोलार अर्बिटरसँग मिलेर काम गर्नेछ। यूरोप र अमेरिकाको संयुक्त प्रयासका रूपमा रहेको सोलार अर्बिटरले सूर्यको सबैभन्दा नजिकबाट अर्थात जम्मा चार करोड किलोमिटरबाट तस्बिर खिच्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक