चालकको गल्तीका कारण विमान सडकमा अवतरण गरेपछि…



त्रुटिपूर्ण ढङ्गले गरिएको अवतरणपछि इरानमा एउटा यात्रुवाहक विमान राजमार्गको बीचमा रोकिएको छ। दक्षिण पश्चिम महसार शहरमा भएको उक्त दुर्घटनामा विमानमा सवार १३५ यात्रु भने सकुशल रहेको जनाइएको छ।

उक्त विमान तेहरानबाट उडेको थियो। अवतरणका क्रममा विमानको पाङ्ग्रा पुरै बाहिर निस्कन नसकेको बताइन्छ। राजमार्गमा पुगेको विमानबाट यात्रुहरूका बाहिर निस्किरहेका तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा राखिएका छन्।

सरकारी टेलिभिजनले प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै विमानचालकले ढिलो अवतरण गराएको कारण धावनमार्गमा विमान रोक्न नसकेको जनाएका छन्।

विमानमा सवार एक जना पत्रकारले उक्त विमानमा पछाडिको चक्का भाच्चिएको र चक्काबिना चिप्लिएर सडकमा पुगेको बताएका छन्

नागरिक उड्ययन निकायका प्रवक्ताले सोमबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५० मिनेट जाँदा उक्त घटना भएको बताए। उनले यसबारे अनुसन्धान भइरहेको पनि उल्लेख गरेका छन्।

इरानमा उड्ययन सुरक्षाको अवस्था खराब रहेको छ। सन् २०१९ को फेब्रुअरीमा भएको एउटा दुर्घटनामा ६६ जनाको मृत्यु भएको थियो।

सन् २०११ मा इरान एअरको एउटा विमान टुक्राटुक्रा हुँदा दर्जनौँले ज्यान गुमाएका थिए। इरानका दुइ वायुसेवालाई युरोपेली सङ्घले सुरक्षा चासोका कारण प्रतिबन्ध लगाएको वा आफ्नो हवाई क्षेत्र प्रयोग गर्न रोकेको छ।

सन् २०१५ मा शक्ति राष्ट्रहरूसँग परमाणु सम्झौता भएपछि प्रतिबन्धहरू हट्ने आशामा इरानले आफ्नो उड्ययन क्षमता वृद्धि गर्ने लक्ष्य लिएको थियो। तर अमेरिकी अर्थ मन्त्रालयले सन् २०१८ मा राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौता अस्वीकार गरिदिएपछि इरानलाई यात्रुवाहक विमान बेच्ने कम्पनीहरूको इजाजतपत्र खारेज गर्ने निर्णय लिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ