फेसबुकको नाफा ९ अर्ब डलर



चुहावट भएका आन्तरिक गोप्य कागजातहरूका कारण सिर्जना भएको विवादको परिणाम स्वरूप कम्पनीले भोगेको दबाबबीच फेसबुकले तेस्रो चौमासिकमा अपेक्षा गरेभन्दा राम्रो नाफा कमाएको छ । विश्वकै विशाल मध्येको यो सामाजिक सञ्जालले सेप्टेम्बरसम्मको तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको बताइएको छ।

अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७.८ अर्ब डलर थियो । तर एपलको प्रणालीमा आएको नयाँ अपडेटका कारण फेसबुकलाई लक्षित समूहसम्म विभिन्न ब्रान्डका विज्ञापन पठाउन कठिन भएको थियो । एक जना पूर्व कर्मचारीले फेसबुकमाथि अनैतिक व्यवहारहरूको आरोप लगाइरहँदा उसको नाफा भने अझै बढेको देखिएको हो ।

फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताहरूको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाउँदै एउटा आन्तरिक कागजातको विवरण सार्वजनिक गरेकी थिइन् । फेसबुकले अमेरिका बाहिर घृणा फैलाउने भाषण र यौन बेचबिखनलाई बढवा दिने सामाग्रीलाई मध्यस्थता गर्न सङ्घर्ष गरिरहेको सार्वजनिक गरेका थिए ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जकरबर्गले सोमबार लगानीकर्ताहरूलाई भने,‘चुहावट भएका कागजात प्रयोग गरेर सङ्गठित रूपमा हाम्रो कम्पनीलाई बदनाम गर्ने प्रयास भइरहेको हामीले देखिरहेका छौँ।’ फेसबुकले सेप्टेम्बर ३० सम्मको १२ महिनामा आफ्ना प्रयोगकर्ताहरू ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको जनाएको छ।

एपलको गोपनीयता नीतिले उसको आम्दानीमा पारेको असरका बाबजुद विश्लेषकहरूले फेसबुकको आम्दानी यो स्तरमा बढ्ने अनुमान गरेका थिएनन् । फेसबुकले यो वर्ष १० अर्ब डलर भर्चुअल रियालिटी सम्बन्धी परियोजना मेटाभर्सका लागि खर्च गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्वाध सहायता अनुमति दिन आदेश

नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय

ठगी आरोपमा क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी

भारतको जम्मु-श्रीनगरमा ट्याक्सी दुर्घटनामा १० जनाको मृत्यु

भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार ट्याक्सी खस्दा दश

चीनमा शिक्षालाई बढावा दिन एआई अभियान सुरु

चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान सुरु गरेको छ । यो