टिकटकमा चर्चित एपको स्वामित्व भएको बाइटडान्स कम्पनीको आय दुई गुणा दोब्बर



चर्चित भिडियो शेयरिङ एप टिकटकको स्वामित्व भएको बाइटडान्स कम्पनीले गत वर्ष आफ्नो आय दोब्बर बनाएको देखिएको छ । आफ्ना कर्मचारीका लागि आन्तरिक रूपमा जारी गरिएको एउटा सूचनामा उक्त कम्पनीको आम्दानी सन् २०२० मा १११ प्रतिशतले बढेर ३४.३ अर्ब डलर पुगेको देखिन्छ । उक्त तथ्याङ्कले टिकटकको विश्वव्यापी लोकप्रियतालाई देखाउँछ ।

बाइटडान्स र अन्य ठूला चिनियाँ प्रविधि कम्पनीहरू विश्वभरिका सरकारहरूबाट बढ्दो दबाव सामना गरिरहेका बेला यो विवरण आएको हो । बाइटडान्सको वार्षिक नाफा पनि ९३ प्रतिशतले बढेर १९ अर्ब डलर पुगेको भने त्यसै अवधिमा उसको खुद घाटा पनि ४५ अर्ब डलर भएको छ । खुद घाटा लेखाको गणनामा मिलान गर्दा देखिएको तर यो कम्पनीको सञ्चालनसँग सम्बन्धित नभएको बताइएको छ ।

उक्त पत्रले गत वर्षको डिसेम्बरसम्ममा बाइटडान्सका सबै उत्पादनका प्रयोगकर्ताको कुल सङ्ख्या १.९ अर्ब रहेको देखाएको छ । बाइटडान्सका एक प्रवक्ताले बीबीसीसँग उक्त तथ्याङ्कलाई पुष्टि गरेका छन् । टिकटकको व्यापक लोकप्रियताले गर्दा बाइटडान्सले अमेरिका र चीनसहित विश्वभरिका सरकारहरूको छानबिनको सामाना गर्नुपरेको थियो ।

बिहीवार रोएटर्समा आएको एउटा खबरअनुसार यसै महिनाको सुरुमा राष्ट्रपति जो बाइडनले हस्ताक्षर गरेको एउटा कार्यकारी आदेशअन्तर्गत अब केही चिनियाँ एपले अमेरिकी बजारमा बस्न चाहेको खण्डमा प्रयोगकर्ताहरूको डेटा सुरक्षाका लागि थप कडा मापदण्ड पालन गर्नुपर्नेछ ।

यो अमेरिकामा टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउनेगरी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले जारी गरेको एउटा आदेशलाई निस्तेज गरेपछि ल्याइएको आदेश हो । उक्त प्रतिबन्धले शृङ्खलाबद्ध कानुनी चुनौतीको सामना गरेको थियो र कहिल्यै पनि कार्यान्वयनमा आएको थिएन ।

अमेरिकी वाणिज्य मन्त्रालयले चीनजस्ता विरोधी विदेशी क्षेत्रमा विकास गरिएका एपको परीक्षण गर्ने जनाएको थियो । राष्ट्रपति बाइडनले अमेरिकी राष्ट्रिय सुरक्षामा उनीहरूले खतरा पारेकोबारे प्रमाणमा आधारित दृष्टिकोण राख्नुपर्ने बताएका थिए ।

अघिल्लो राष्ट्रपतीय कार्यकालमा राष्ट्रपति ट्रम्पले बारम्बार टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको भन्ने आरोप लगाउने गर्थे । राजनीतिज्ञ र अधिकारीहरूले प्रयोगकर्ताको व्यक्तिगत विवरण चिनियाँ सरकारलाई पठाइन सक्ने चिन्ता व्यक्त गरेका थिए ।

टिकटकले उक्त आरोपलाई अस्वीकार गरेको थियो । गत अप्रिलमा चिनियाँ नियामक निकायले बाइटडान्ससहित १३ वटा अनलाइन प्लेटफर्मलाई आफ्ना वित्तीय विभागमा कडा नियमहरू पालन गर्न निर्देशन दिएको थियो ।

यो देशका ठूला प्रविधि कम्पनीहरूलाई लगाम लगाउने व्यापक कार्यका रूपमा गरिएको थियो । अधिकारीहरूले एकाधिकारयुक्त व्यवहार र पुँजीको अव्यवस्थित विस्तार रोक्न यस्तो गरिएको बताएका थिए । कैयौँ वर्षसम्म प्रविधि उद्योगलाई प्रोत्साहन गर्न बेइजिङले उनीहरूलाई नियमले नकस्ने नीति लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’