अमेरिकी राष्ट्रपतिको खातालाई ट्विटरद्वारा स्थायी रूपमै निलम्बन



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ । सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले हिंसा थप उक्साउने खतरा रहेको भन्दै उनको खाता निलम्बन गरेको हो ।

ट्विटरले डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि उक्त निर्णय लिइएको जनाएको छ । केही सांसद र चर्चित व्यक्तिहरूले ट्रम्पको खातामाथि प्रतिबन्ध लगाउन वर्षौंदेखि माग गर्दै आएका थिए ।

बिहीवार पूर्व राष्ट्रपति बराक ओबामाकी श्रीमती मिसेल ओबामाले ट्विटरले ट्रम्पको राक्षसी व्यवहार माथि रोक लगाउनुपर्ने र उनलाई स्थायी रूपमा निष्कासित गर्नुपर्ने बताएकी थिइन् ।

ट्रम्पमाथिको प्रतिबन्धमा प्रतिक्रिया जनाउँदै सन् २०२० को चुनावी अभियानका सल्लाहकार जसोन मिलरले ट्वीट गरेका छन्, ‘घिनलाग्दो… यदि फेरि यिनीहरू आउँदैनन् भन्ने लाग्छ भने, तपाईँ गलत हुनुहुन्छ।’ ट्रम्पले क्यापिटल हिलमा हमला गर्नेलाई देशभक्त भनेपछि उनको खाता बुधवार १२ घन्टाका लागि अवरुद्ध गरिएको थियो ।

अमेरिकी संसद्ले राष्ट्रपतीय चुनावमा जो बाइडनको जितलाई औपचारिकता प्रदान गर्न प्रयास गर्दा ट्रम्पका सयौँ समर्थकहरू क्यापिटल भवनमा प्रवेश गरेका थिए । हिंसा भड्किँदा चारजना सर्वसाधारण र एक प्रहरी अधिकारीले ज्यान समेत गुमाएका थिए ।

ट्विटरले यदि ट्रम्पले ट्विटरका नियमहरू पुनः उल्लङ्घन गरे उनीमाथि स्थायी प्रतिबन्ध लगाउने भन्दै चेतावनी दिएको थियो । तर पुनः ट्विटरमा पहुँच अनुमति दिइएपछि शुक्रवार ट्रम्पले दुईवटा ट्वीट गरे र तिनै ट्वीटलाई कम्पनीले बन्द गर्ने अन्तिम कारण भएको बताएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ