ट्विटरले राजनीतिक विज्ञापनमा प्रतिबन्ध लगाउने



सामाजिक सञ्जाल ट्विटरले आफूमार्फत् गरिँदै आएको राजनीतिक विज्ञापनमा विश्वव्यापी प्रतिबन्ध लगाउने भएको छ। उसले राजनीतिक सन्देशहरूको पहुँच ‘खरिद गरेर नभई कमाएर हुनुपर्ने’ बताएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सीले ट्वीट गर्दै भनेका छन्, “इन्टरनेटबाट गरिने विज्ञापन व्यापारिक विज्ञापनदाताहरूका लागि अविश्वसनीय रूपमा शक्तिशाली र निकै प्रभावकारी भए पनि त्यसले राजनीतिमा ठूलो जोखिम निम्त्याउँछ।”

ट्विटरको प्रतिद्वन्द्वी रहेको अर्को सामाजिक सञ्जाल फेसबुकले हालै राजनीतिक विज्ञापनमाथि प्रतिबन्ध लगाउने कुराको खण्डन गरेको थियो।

सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको सन्दर्भमा विभिन्न राजनीतिक खेमाहरूबीच पछिल्लो समाचारबारे फरक मत देखिएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पको राजनीतिक प्रचार अभियानका व्यवस्थापक ब्राड पास्कलले ‘ट्रम्प र कन्जरभेटिभहरूलाई चुप पार्नका निम्ति विज्ञापनमाथिको प्रतिबन्ध अर्को प्रयास’ भएको प्रतिक्रिया दिए।

तर डेमोक्र्याट उम्मेदवार जो बाइडेनको प्रचार अभियानका प्रवक्ता बिल रुसोले भनेका छन्, “जब विज्ञापनका डलर र हाम्रो लोकतन्त्रको निष्ठामध्ये एउटा रोज्नुपर्ने हुन्छ तब पैसाले नजित्ने कुरा उत्साहजनक हुन्छ।”

ट्विटरले लगाएको प्रतिबन्ध नोभेम्बर २२ तारिखदेखि लागु हुनेछ र त्यसबारे पूर्ण विवरण नोभेम्बर १५ तारिखमा सार्वजनिक गरिनेछ। ट्वीटहरूको एउटा लहरो अर्थात्‌ थ्रेडमार्फत्‌ प्रमुख कार्यकारी अधिकृत ज्याकले प्रतिबन्धलाई उचित ठहर्‍याएका छन्।

इन्टरनेटबाट गरिने राजनीतिक विज्ञापनले सार्वजनिक बहसका लागि पूरै नयाँ चुनौती खडा गरिदिएको उनले बताएका छन्। मतदाता नामावलीमा दर्ता हुनुपर्ने पक्षमा रहेका विज्ञापनहरू चाहिँ प्रतिबन्धबाट प्रभावित नहुने ज्याकले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही

थाइल्याण्डमा यसवर्ष ‘लु’बाट ३० जनाको मृत्यु

  यस वर्ष ‘लु’बाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको

अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक