गृहमन्त्री नियुक्तिबारे माओवादीको स्थायी कमिटी बैठकमा छलफल हुने



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकमा सङ्गठनसम्बन्धी विषयमा छलफल भए पनि टुङ्गो नलागेको उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठक पुनः मङ्गलबार बस्नेछ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार गठन भएपछिको अवस्था, सरकारको काम कारबाही एवं अन्य वामपन्थी दलसँग पार्टी एकताका सम्बन्धमा भएका राजनीतिक विषयमा भइरहेका छलफललगायतका विषयमा स्थायी समितिको बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महराले छलफल जारी रहेको बताए । प्रवक्ता महराले गृहमन्त्रीको विषय सरकारको विषय भएको बताए । “यो सरकारको विषय हो, प्रधानमन्त्रीले मिलाउनुहोला । यद्यपि स्थायी समिति बैठकमा त्यसबारेमा छलफल होला नै”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति

तामाकोशीमा पौडी खेल्ने क्रममा दोलखाको गौरीशंकरका दुई युवा बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई युवा तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता

संसद् र सांसदका कामबाट जनता निरास छन्: सांसद भट्ट

काठमाडौँ  । सङ्घीय संसद्ले जनताको अपेक्षाअनुरुप प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।