प्रेमप्रसादको आत्मदाह म, हामी सिष्टम चलाउनेको असफलता होः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रेमप्रसाद आचार्यको आत्मदाह हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता भएको टिप्पणी गरेका छन् ।

बुधबार साँझ सामाजिक संजालमार्फत महामन्त्री थापाले गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ । उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन् पटक–पटक घोचिरहेको छ। यसो सोच्छु–उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुँदैनथ्यो कि ! फेरि सोच्छु–यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो । म, हामी सिष्टम चलाउनेको असफलता हो । कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन । गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ। अब आरोप–प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भने मात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद