प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने जिम्मा गृह मन्त्रालयलाई



काठमाडौं । सरकारले संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारेमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको छ । मंगलबार आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बैठकले आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो । मन्त्रिपरिषद्ले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।

आचार्यको परिवारलाई राहतलगायत विषयमा पनि निर्णय गर्ने जिम्मेवारी पनि बैठकले गृह मन्त्रालयलाई दिएको एकमन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले देशभरका अवैध क्रसर उद्योगलाई दर्ता, नवीकरण र कर तिरेर वैधानिक हुन आगामी असार मसान्तसम्मको समय दिएको छ । दर्ता नभइ सञ्चालित देशभरका क्रसर उद्योग गृह मन्त्रालयको निर्देशनमा बन्द भएका छन् । क्रसर बन्द हुँदा नागढुंगाको सुरुङ मार्गसहित कयौँ विकास योजना प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री