आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम होः गृहमन्त्री



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको आत्मदाहको निर्णय फेर्न नसक्नुमा आफूहरु दोषी रहेको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत गृहमन्त्रीले नयाँ राजनीतिक दल र नेताको रुपमा आशा जगाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईँमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नुहोला । तपाईंको आत्माले चीरशान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।’

गृहमन्त्रीले आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको