थाइल्यान्डको शिशु स्याहार केन्द्रमा गोली चल्दा २३ बालबालिकासहित ३४ जनाको मृत्यु



थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभावी गोली चलाउँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । उत्तर–पूर्वी सहर नोङ बुआ लम्फुमा रहेको एक प्री–स्कुल अर्थात् शिशु स्याहार केन्द्रमा गोली चलेको बीबीसीले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये २३ जना बालबालिका रहेका थाइल्यान्डको प्रहरीले जनाएको छ । आक्रमणकारीले गोलीसँगै चक्कु समेतप्रहार गरेको बताइएको छ । आक्रमणकारी पूर्वप्रहरी रहेको र लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गएको वर्ष बर्खास्त गरेको थियो ।

घटनास्थलबाट गाडी लिएर भागेका आक्रमणकारीले आफू, श्रीमती तथा बच्चाको समेत हत्या गरेर आफैँलाई पनि गोली हानी आत्महत्या गरेका थाई सञ्चारमाध्ययमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर